Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, यादव पक्षको आधिकारिकता कायमै


    सोमबार, साउन ३२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको विवादबारे महन्थ ठाकुरले माग गरेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले महन्थ ठाकुरले दिएको रिटमा सोमबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

    गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । यसको विरोधमा ठाकुर सर्वोच्चमा पुगेका थिए ।

    ‘निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन’ आदेशमा भनिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार