कठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि बार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन् ।
मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरुलाई संचालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।
उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट खटिने निरीक्षण टोलीहरूले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई तोकिएको कार्यविधि र निष्पक्ष मापदण्डभित्र रहेर इकाईहरुको निरीक्षण गर्नुपर्ने बताउँदै इकाईभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन र आन्तरिक अनुशासनको अवस्थालाई सुक्ष्म रूपमा केलाउन समेत निरीक्षण टोलीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निरीक्षण टोलीले इकाईभित्रका गतिविधिमा मात्र सिमित नरही अन्य सुरक्षा निकाय, स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक मापन समेत गर्नुपर्ने बताउँदै निरीक्षणमा खटिने कमान्डर तथा टोली सदस्यहरू स्वयंले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले विगतका वर्षहरूमा अपनाइएका मूल्याङ्कन अभ्यासहरूलाई परिमार्जन गर्दै वााहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूसम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोलीहरू गठन गरी प्रदेशस्तरमा खटाइएको उल्लेख गर्दै निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी संस्थागत सुधारको माध्यम बनाउनुपर्ने बताएका छन् ।
उक्त अनुशिक्षण तालिमको उदघाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलले गरेका थिए । उनले फरक–फरक टोलीले मूल्याङ्कन गर्दा आउन सक्ने त्रुटिलाई घटाउन र देशभरका युनिटहरूलाई एउटै मापदण्डमा नाप्नका लागि यस किसिमका अनुशिक्षण तालिम संचालन गरिएको बताए ।
निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरुको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गरिने भएको छ । निरीक्षण टोलीलाई तोकिएको ढाँचाबाहेक वास्तविक वस्तुस्थिति दर्शाउने प्रतिवेदन समेत पेश गर्ने अधिकार दिइएको छ ।
आर्थिक अनुशासन र सुशासन कायम राख्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत संलग्न गराइएको छ भने सो टोलीेले इकाईहरुमा विनियोजित पूँजीगत खर्च अनुसार कार्यक्षेत्रमा वास्तविक काम भए–नभएको सूक्ष्म अनुगमन गर्नेछ । निरीक्षण सम्पन्न भएपश्चात वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल नेपालको आगामी दिनमा नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण र कार्यविधिगत सुधार गर्दै लैजाने योजना समेत रहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका...
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्। काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको चुनाव आउँदो...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend