Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • त्रिभुवन विमानस्थलबाट थाई गाँजासहित एक जना पक्राउ 


    बिहिबार, मंसिर ११ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।

    बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । उनमाथि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार