काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारुलाई समेत प्रतिवादी बनाइएको छ ।
सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति वडा नम्बर २ (ख) अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी तथा भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई यसअघि कुनै पनि समयमा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको हकभोगमा रहेको देखाएर सरकारी अभिलेख परिवर्तन गरिएको आयोगको दाबी छ ।
आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।
तत्कालीन वडा सचिव रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको माग गरिएको छ ।
किशोरी धामी थारू र भोला धामी थारुलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाउँदै ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ ।
कठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि बार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा...
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं...
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्। काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको चुनाव आउँदो...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend