काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले साउन ६ गते सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको घरमा पुगी उनका परिवारसँग भेटघाट गरेका छन् ।
भेटघाटको क्रममा महानिरीक्षक पौडेलले शहीद परिवारका सदस्यहरुको सुख दुःखमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्दै भोलिका दिनमा उनीहरुको सदस्यमा आइपर्ने हरेक समस्या समाधानको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटमा सम्पर्क गरी सहयोग लिन सहीद परिवारका सदस्यहरुलाई सुझाव दिएका छन् ।
उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुले समेत नजिकै रहेका सहिद परिवारका सदस्यहरुसँग समय–समयमा सम्पर्क गरी उनीहरुका गुनासो तथा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको रगत र पसिनाले गर्दा संगठन आज यो अवस्थामा आइपुगेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने–‘हाम्रा परिवारको सदस्यले कर्तव्य पालनाको सिलसिलामा बीरगति प्राप्त गरेपनि संगठनले हाम्रो लागि काम गर्नेछ भन्ने भावना राख्नुहोला ।’
सोही क्रममा शहीद परिवारका सदस्यहरुले पनि आफूलाई परेको पीरमर्कामा संगठनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९ औँ वार्षिकोत्सव तथा बाहिनी मातहत कार्यालयहरुको अनुगमनको क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको परिवारजनसँग भेटघाट गरेका हुन् ।
सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा बहादुरीपूर्वक लड्दालड्दै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २०५९ साल भदौ २४ गते वीरगति प्राप्त भएको थियो ।
नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९ औँ वार्षिकोत्सव सम्पन्न
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा साउन ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
सोही अवसरमा महानिरीक्षक पौडेलले सो बाहिनी तथा बाहिनी मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सीमा सुरक्षा, राजश्व संकलन लगायत विपद् व्यवस्थापनमा समेत अझ प्रभावकारी रुपमा परिचालन हुन दिर्नेशन दिएका छन् ।
उनले मनसुनको समय नसकिएको कारण विपदमा परेका आम नागरिकहरुको उद्धार र राहतमा तत्काल परिचालन हुनसक्ने गरी विपद् उद्धारका आवश्यक सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले आपद् विपदमा परेका आम नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रुपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्यअनुरुपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमाण्डरहरुले दण्द र पुरस्कारको नीतिलाई अझै कडाईका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।
सोही अवसरमा वार्षिकोत्सवमा अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउने विभिन्न संघसस्था तथा महानुभावहरुलाई समेत कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। शुक्रबार दिउँसो...
पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार ९७ भदौ०मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर)मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend