काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो ।
उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको स्रोतले बतायो ।
विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो । उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ ।
अर्याललाई मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा पक्राउ गरेको हो ।
यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण...
काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ...
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend