काठमाडौैं । सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिद सेटिङमा गरेको बिषय ओझेलमा नपर्दै फेरि २०७९ फागुन १८ मा हिमाली चुस्ताको खरिदमा पनि ठेकेदारसँगको चलखेलमै बोलपत्र सूचना निकालिएको छ ।
५ हजार सेट हिमाली चुस्ता खरिदमा पनि त्यसैगरी एक ठेकेदार समूहको चुस्ताको नमूनाका आधारमा बोलपत्र निकालिएको छ । जसले साधारण चुस्ताको ठेक्का पाएको थियो, त्यही ठेकेदारसँग नमूना माग गरी त्यही स्पेसिफिकेसन राखेर बोलपत्र निकालिएको छ । सामान्यतया हिमाली चुस्ता साधारण चुस्ताभन्दा प्रतिसेट १ हजार रुपैयाँ बढी मूल्य हुनसक्छ । तर साधारण चुस्ता प्रतिसेट १ हजार ६ सय रुपैयाँमा खरिद गरेको सशस्त्रले हिमाली चुस्ता प्रतिसेट ४ हजार रुपैयाँमा खरिद गर्न लागेको छ । प्रतिसेट बढीमा २ हजार ५ सय रुपैयाँ पर्ने हिमाली चुस्ता सशस्त्रले ४ हजार रुपैयाँमा खरिद गर्नेगरी सेटिङ गरेको आरोप प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरमाथि लागेको छ ।
सशस्त्र प्रहरी बलको खरिद हेर्ने प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले ठेकेदारहरु वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवालसँग सेटिङ गरी उनीहरुले पेश गरेको नमूना अनुसार नै बोलपत्र निकालिएको हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको ठेक्का आज(मंगलबार) खोलिंदैछ । हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको बोलपत्रमा नमूना माग गर्दै हिमाली चुस्ता पनि खरिद हुँदैछ भनेर एसएसपी दीपेन्द्र कुँवर र एआईजी नारायणदत्त पौडेलले ठेकेदार जोशी, बीसी र अग्रवाललाई दिएकाले उनीहरुले चीनको प्रहरीले लगाउने हिमाली कपडा हेरेर ३ वटा नमूना ल्याएर बुझाएका थिए । त्यही नमूनामध्ये आइजीपी अर्यालले जुन राम्रो छ त्यही स्पेक राखेर बोलपत्र निकाल्न प्रबन्धका एसएसपी कुँवरलाई निर्देशन दिएका थिए । डेढ महिनाअघि जोशी, बीसी र अग्रवालले नमूना ल्याएका थिए ।
सुरक्षा निकायका लागि बन्दोबस्तीका सामान खरिद गर्दा सरकारी निकाय गुणस्तर तथा नापतौल विभागका टेक्सटाइल इन्जीनीयरको नेतृत्वमा समिति बनाएर त्यसबाट पास गर्नुपर्छ । तर सशस्त्रले गएको माघ २९ मा भएको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको पनि गुणस्तर पास नगरी ठेकेदार जोशी र बीसीहरुले पेश गरेको नमूनाका आधारमा स्पेक राखी बोलपत्र गरी उनीहरुबाटै सेटिङमा खरिद गर्दैछ । हिमाली चुस्ता पनि गुणस्तर पास नगरी खरिद गर्ने भएको छ । हिमाली चुस्ताको बोलपत्र फागुन १९ मा निकालिएको छ ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का र पछिल्लो पटक भएको हिमाली चुस्ताको ठेक्कामा करोडौको चलखेल भएको स्रोत बताउँछ । यो खरिदमा एआईजी नारायणदत्त पौडेल र एसएसपी दीपेन्द्र कुँवरले सेटिङ गरेका छन् । आईजीपी अर्यालले भने सबै अख्तियारी पौडेल र कुँवरलाई दिएर आफूलाई विवादरहित बनाउने प्रयास गरेका छन् । तर संगठन प्रमुखका नाताले उनी पनि नैतिक रुपमा जिम्मेवारीबाट मुक्त हुन नसक्ने सशस्त्रका अधिकारी बताउँछन् ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल आईजीपी हुँदा प्रतिस्पर्धा नै नगराई खरिद गरिएका मोटरसाइकलदेखि गतबर्ष झम्क भट्टबाट खरिद गरिएका गुणस्तर फेल भएका सामानको उजुरीमा समेत छानबिन भइरहेको छ । सशस्त्रले तीन गुणासम्म मूल्य बढाएर प्रतिस्पर्धालाई खुम्च्याई अनियमिततापूर्वक खरिद गर्न लागिएका हिमाली आइटमका सामानका बारेमा समेत अख्तियारले भोलि छानबिन गर्ने कुरासमेत बिर्सिएर एसएसपी कुँवर र एआईजी पौडेलले सेटिङ गरेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend