काठमाडौैं । सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिद सेटिङमा गरेको बिषय ओझेलमा नपर्दै फेरि २०७९ फागुन १८ मा हिमाली चुस्ताको खरिदमा पनि ठेकेदारसँगको चलखेलमै बोलपत्र सूचना निकालिएको छ ।
५ हजार सेट हिमाली चुस्ता खरिदमा पनि त्यसैगरी एक ठेकेदार समूहको चुस्ताको नमूनाका आधारमा बोलपत्र निकालिएको छ । जसले साधारण चुस्ताको ठेक्का पाएको थियो, त्यही ठेकेदारसँग नमूना माग गरी त्यही स्पेसिफिकेसन राखेर बोलपत्र निकालिएको छ । सामान्यतया हिमाली चुस्ता साधारण चुस्ताभन्दा प्रतिसेट १ हजार रुपैयाँ बढी मूल्य हुनसक्छ । तर साधारण चुस्ता प्रतिसेट १ हजार ६ सय रुपैयाँमा खरिद गरेको सशस्त्रले हिमाली चुस्ता प्रतिसेट ४ हजार रुपैयाँमा खरिद गर्न लागेको छ । प्रतिसेट बढीमा २ हजार ५ सय रुपैयाँ पर्ने हिमाली चुस्ता सशस्त्रले ४ हजार रुपैयाँमा खरिद गर्नेगरी सेटिङ गरेको आरोप प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरमाथि लागेको छ ।
सशस्त्र प्रहरी बलको खरिद हेर्ने प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले ठेकेदारहरु वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवालसँग सेटिङ गरी उनीहरुले पेश गरेको नमूना अनुसार नै बोलपत्र निकालिएको हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको ठेक्का आज(मंगलबार) खोलिंदैछ । हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको बोलपत्रमा नमूना माग गर्दै हिमाली चुस्ता पनि खरिद हुँदैछ भनेर एसएसपी दीपेन्द्र कुँवर र एआईजी नारायणदत्त पौडेलले ठेकेदार जोशी, बीसी र अग्रवाललाई दिएकाले उनीहरुले चीनको प्रहरीले लगाउने हिमाली कपडा हेरेर ३ वटा नमूना ल्याएर बुझाएका थिए । त्यही नमूनामध्ये आइजीपी अर्यालले जुन राम्रो छ त्यही स्पेक राखेर बोलपत्र निकाल्न प्रबन्धका एसएसपी कुँवरलाई निर्देशन दिएका थिए । डेढ महिनाअघि जोशी, बीसी र अग्रवालले नमूना ल्याएका थिए ।
सुरक्षा निकायका लागि बन्दोबस्तीका सामान खरिद गर्दा सरकारी निकाय गुणस्तर तथा नापतौल विभागका टेक्सटाइल इन्जीनीयरको नेतृत्वमा समिति बनाएर त्यसबाट पास गर्नुपर्छ । तर सशस्त्रले गएको माघ २९ मा भएको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको पनि गुणस्तर पास नगरी ठेकेदार जोशी र बीसीहरुले पेश गरेको नमूनाका आधारमा स्पेक राखी बोलपत्र गरी उनीहरुबाटै सेटिङमा खरिद गर्दैछ । हिमाली चुस्ता पनि गुणस्तर पास नगरी खरिद गर्ने भएको छ । हिमाली चुस्ताको बोलपत्र फागुन १९ मा निकालिएको छ ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का र पछिल्लो पटक भएको हिमाली चुस्ताको ठेक्कामा करोडौको चलखेल भएको स्रोत बताउँछ । यो खरिदमा एआईजी नारायणदत्त पौडेल र एसएसपी दीपेन्द्र कुँवरले सेटिङ गरेका छन् । आईजीपी अर्यालले भने सबै अख्तियारी पौडेल र कुँवरलाई दिएर आफूलाई विवादरहित बनाउने प्रयास गरेका छन् । तर संगठन प्रमुखका नाताले उनी पनि नैतिक रुपमा जिम्मेवारीबाट मुक्त हुन नसक्ने सशस्त्रका अधिकारी बताउँछन् ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल आईजीपी हुँदा प्रतिस्पर्धा नै नगराई खरिद गरिएका मोटरसाइकलदेखि गतबर्ष झम्क भट्टबाट खरिद गरिएका गुणस्तर फेल भएका सामानको उजुरीमा समेत छानबिन भइरहेको छ । सशस्त्रले तीन गुणासम्म मूल्य बढाएर प्रतिस्पर्धालाई खुम्च्याई अनियमिततापूर्वक खरिद गर्न लागिएका हिमाली आइटमका सामानका बारेमा समेत अख्तियारले भोलि छानबिन गर्ने कुरासमेत बिर्सिएर एसएसपी कुँवर र एआईजी पौडेलले सेटिङ गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend