काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले रातोपाटीलाई दिएको जानकारीअनुसार सङ्गठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रमको खाका तयार भइसकेको भन्दै उनले शनिबार सम्ममा आवश्यक सबै तयारी पूरा गरिने बताए । सातै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वको समेत सहभागिता रहने उनले जानकारी दिए ।
खरेलले भने, ‘खाका तयार भइसकेको छ । सङ्गठन सुदृढीकरणका लागि नीति र नेतृत्व सम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको हो । केन्द्रीय नेतृत्व सहभागी हुने गरी आइतबारदेखि सातै प्रदेशमा कार्यक्रम गर्दैछौँ । शनिबारसम्म हामी तयारी पुरा हुन्छ।’
प्रशिक्षण कार्यक्रमका क्रममा सङ्गठन सुदृढीकरण सँगसँगै आगामी स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा समेत छलफल गरिनेछ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै...
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण...
काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend