Nepal Face
  • आइतबार, २ कार्तिक २०८३
  • सुनकोशी नदीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ जना बेपत्ता


    आइतबार, कार्तिक २ २०८३
    110
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।

    आज आइतबार बिहान करिब २स्३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

    उद्धारका क्रममा घटनास्थलबाट तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई प्राथमिक उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको थियो।

    घाइते हुनेहरुमा चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई र खोटाङ, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित वि.क. रहेका छन् ।

    चालकको भनाइ अनुसार दुर्घटनापछि तीन जना यात्री नदीमा बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटका सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोर टोलीसहितको संयुक्त टोली खटिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार