Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • मधेसमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीको राजीनामा 


    शुक्रबार, असोज ३० २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ ।

    नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए ।

    मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

    मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेका छन्।

    नयाँ सरकारको कसरत गर्न नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार