Nepal Face
  • शुक्रबार, २२ साउन २०८३
  • वालेन सरकारद्वारा करारका कर्मचारीमाथि फेरि अन्याय, स्वास्थ्य बिभागका तीन दर्जन कर्मचारी निकालिए


    शुक्रबार, साउन २२ २०८३
    145
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार करारमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट पछि हटिसकेको छ । र, सरकारी सेवाबाट अवकाश पाएर करार सेवामा रहेकालाई भने सेवाबाट हटाउने निर्णय गरेको छ । तर, सरकारले नै करारमा कार्यरत कर्मचारीलाई नहटाउने निर्णय गरिसकेको छ । तर, स्वास्थ्य सेवा बिभाग अन्तर्गत कार्यरत करिब ३ दर्जन करारका कर्मचारीलाई सेवाबाट हटाइएको छ ।

    लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई हटाइएपछि बिभागका निमित्त महानिर्देशक अनुज भट्टचनकोमा करार नवीकरण गर्न आग्रह गर्दै डेलिगेसन नै गए पनि सुनुवाइ भएको छैन । करारकै जागिरबाट परिवारको भरणपोषण र शिक्षादीक्षा दिंदैआएका ती कर्मचारीहरुलाई निकालिएपछि उनीहरु महानिर्देशकसँग न्यायको याचना गरिरहेका छन् । तर उनीहरुको आवाज सुन्न उनी तयार भएका छैनन् ।

    अन्य मन्त्रालय अन्तर्गतका करारका कर्मचारी हटाउने सरकारको योजना कार्यान्वयन हुन नसके पनि स्वास्थ्य सेवा बिभागका उपसचिवद्वय मोहनप्रसाद कोइराला र भीमप्रकाश देवकोटाले करार र ज्यालादारी कर्मचारीको जागिर नै खाइदिने काम गरेका छन् । कोइराला प्रशासन शाखाका प्रमुख र देवकोटा लेखानियन्त्रक हुन् । करारका करिब तीन दर्जन कर्मचारी निकालेका उनीहरुले तीन जना सवारी करारका सवारी चालकको दरबन्दी भने थप गरेका छन् । लेखा, प्रशासन र महानिर्देशकका चालकको म्यादथप गरिएको छ । साउन १५ गते अपराह्न प्रेम अर्याल र मोहन कोइरालाले अन्य करार तथा ज्यालादारी कर्मचारीहरुको कम्पयूटर सिस्टमबाट हाजिर हटाउन लगाएका थिए ।

    कार्यालय खुलेपश्चात् सबै करार र ज्यालादारी कर्मचारीहरुले महानिर्देशककहाँ डेलिगेसन जाँदा उपसचिवद्वय डरले बिदा लिएर बसेका थिए । कर्मचारीहरुले
    महानिर्देशकको कार्यकक्षबाहिर धर्ना दिएर दिनभर छलफल पश्चात् रजिष्टरमा हाजिरी गराएर मन्त्रालय लेखेर पठाउने निर्णय भएको छ ।

    बिभागमा अस्थायी, करार र ज्यालादारी सबै किसिमका कर्मचारीहरु लामो समयदेखि काम गर्दै आएका छन् । २०–२५ बर्षदेखि करारमा कार्यरत कर्मचारी समेत छन् । सरकारले नै करारका कर्मचारी हटाउने निर्णयबाट पछि हटेको अवस्थामा कोइराला र देवकोटाले भने मानवीयता समेतको ख्याल नगरी हटाएका छन् ।

    बि.स. २०७५ मा करारका धेरै दरबन्दी काटियो । त्यसपछि कोभिड लगायतका ठूला महामारीहरु आए । कार्यबोझ थपियो । खोप एन्टि क्यान्सर, प्रजनन् स्वास्थ्य लगायत क्षेत्रमा दुई ठूला स्टोर पथलैया र टेकूमा काम गर्ने जनशक्ति नहुँदा दैनिक कार्य प्रभावित हुन जान्छ । करारका कर्मचारीका भरमा यी निकाय संचालन हुँदैआएका छन् ।

    अकूत कमाउने उपसचिव स्वास्थ्य बिभागका हर्ताकर्ता

    मोहन कोइराला बिगतमा बैदेशिक रोजगार, यातायत अध्यागमन लगायतका मालदार कार्यालयमा बसी अकूत सम्पत्ति कमाएर स्वास्थ्यमा आएका हुन् । उनी बैदेशिक रोजगार बिभागमा लामो समय बसेर अर्को आकर्षक कार्यालय अध्यागमन एयरपोर्टमा समेत बसेका थिए ।

    प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएको बेला मोहन कोइराला र प्रेम अर्याललाई बिभागमा ल्याइएको थियो । प्रदीप पौडेल मन्त्री हुँदा मन्त्रालयमा सबैभन्दा बढी तर मार्नेहरुमा यही समूह रहेको थियो । बिभागमा मोहन कोइराला, प्रेम अर्याललगायतका कर्मचारीले अहिले पनि स्वास्थ्य सेवा बिभागमा शासन सत्ताको अभ्यास गर्न खोगिरहेका छन् ।

    मोहन कोइरालाले आफ्नो मानिस इन्द्र श्रेष्ठलाइ जनरल स्टोरमा पठाएका छन् । त्यहाँबाट बिद्या जैशीलाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा सरुवा गरेका छन् । गत बर्ष पनि यिनै मोहन कोइराला र भीम देवकोटाले टंक बराकोटी बिभागको महानिर्देशक हुँदा आफ्ना तीन जना ड्राइभरको मात्र करार थपेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार