Nepal Face
  • सोमबार, १ भाद्र २०८३
  • स्वास्थ्य सेवा बिभाग आफैं अस्वस्थ, गुटबन्दी गर्ने उपसचिव मन्त्रालयमा हाजिर


    सोमबार, भाद्र १ २०८३
    3.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सेवा बिभाग आफ्नै क्रियाकलापले अस्वस्थ भएको छ । कार्य ब्यवहार सन्तोषजनक नभएका कारण उपसचिव मोहन कोइरालालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तानिएको छ ।

    कोइराला स्वास्थ्य सेवा बिभाग आएदेखि नै निश्चित कर्मचारीसँग मिलेर गुटबन्दी गरेका थिए । भोला अधिकारी, इन्द्रनारायण श्रेष्ठको उपटिम खडा गर्दैआएका थिए ।
    हालको अवस्थामा मोहन कोइराला, लेखा नियन्त्रक भीमप्रकाश देवकोटा, कानून अधिकृत सुरेश चौलागाईंको समूह मिलेर स्वास्थ्य सेवा बिभागमा समानान्तर सरकार चलाउने गरेका थिए ।

    कोइरालाले समूह बनाएर स्वास्थ्य सेवा बिभागका अन्य पदाधिकारीहरुलाई असहयोग गर्ने रणनीति तय गरेका थिए । इन्धन, सवारी साधन नियन्त्रण अन्य सबै प्रशासनिक कार्य सहसचिव (महानिर्देशक) बाट सम्पन्न कार्यको पनि अन्तिम स्वीकृति मोहनबाट गराउनुपर्ने ब्यस्था गरेका थिए । डा. केशरबहादुर ढकालको अवकाशपछि स्वास्थ्य सेवा बिभागको निमित्त महानिर्देशकको जिम्मा पाएका डा. अनुज भट्टचनको नेतृत्व क्षमता कमजोर छ ।

    अनुजको हकमा स्वार्थको द्वन्द्व पनि आकर्षित हुन्छ । शुरुमा बिश्व स्वास्थ्य संगठनको सर्भिलेन्स मेडिकल अफिसर जागिर खाएका उनी युनिसेफ डब्लुएचओको स्वार्थमा बढी निर्णय गर्दछन् । उनको पालामा एन्टीरेबिज भ्याक्सिन(एआरभी) तथा सर्पदंशको औषधि बढी मुश्किलले बल्लतल्ल खरिद भयो तर आधारभूत अस्पतालहरुका लागि आवश्यक यन्त्र उपकरण खरिद हुन सकेनन् ।

    डा संगीता मिश्रको समयमा तत्कालीन उपसचिव भवनाथ खतिवडाले शाखा अधिकृत दीपक रिजालको माध्यमबाट असुल गर्ने गरेका थिए । लेखा उपसचिव भुवन काफ्लेले तिलक ढकालमार्फत् असुलउपर गर्दथे । दीपेन्द्ररमण सिंह आफूलाई स्वच्छ छविको देखाउँथे तर उनका चालक सानोभाइ खड्का र लामो समय पीए बसेका मातृका दाहालमार्फत् असुलउपर गर्थे ।

    डा. रोशन पोखरेल स्वास्थ्य मन्त्रालयको सचिव भएको बेला मन्त्रालयमा उनका सवारीचालक हरिलाई नवौं तहसम्म सम्पूर्ण डिल गर्ने जिम्मा दिएका थिए । सवारी चालक मार्फत् उनले असुल गर्ने गरेको आरोप लाग्ने गरेको थियो । स्वास्थ्यमा स्वच्छ प्रशासन र सुशासनको साटो संगठनभित्रका कर्मचारीहरुलाई दुःख दिएर लाभ लिने चलन बिगतदेखि नै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार