काठमाडौं । बिचौलियाहरुले देश बिगारेकाले सपार्छु भन्दै जनताको अपार समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को शासनमा पनि सरकारी कार्यालयमा सेटिङ र कमिसनबिना काम नै हुँदैन भन्ने गुनासो छ ।
यातायात, मालपोतजस्ता केही जनसम्पर्क हुने कार्यालय बिचौलियामुक्त भए पनि अधिकांश कार्यालयमा सेटिङमै काम हुने गरेको छ । त्यस्ता कार्यालयहरुमा सरकारको ध्यान तत्काल जानुपर्ने नागरिकहरुको आवाज आइरहेको छ ।
सुशासन कायम गर्ने जनादेश पाएको रास्वपाको सरकार आएपछि पनि सेटिङविना काम नहुने कार्यालय हो, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल । आईएसी फरेष्ट्री अध्ययन गरेका दीपक अर्याल दिनभर वन अनुसन्धान बिभागमै देखिने गरेका छन् । उनी वन अनुसन्धानका कर्मचारी होइनन् । एक सामान्य कन्सलटेन्सीमा काम गर्दछन् । तर उनी दिनभर बन अनुसन्धानमै भेटिन्छन् ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सीसीटीभी फुटेज झिकाउने हो भने उनको क्रेटा गाडी दिनभर वन परिसरमै पार्किङमा देखिनेछ भने उनी वन अनुसन्धान केन्द्रका इन्भेन्ट्री शाखाका प्रमुख राजकुमार गिरीको कार्यकक्षमा बसेको देखिनेछ । गिरीलाई हातमा लिएर अर्यालले पूरै बिभागमा हैकम जमाउँदैआएका छन् ।
उपसचिव गिरीमार्फत् अर्यालले बिभागमा रजगज गर्दैआएका छन् । गिरीलाई ३० देखि ३५ प्रतिशत कमिसन दिनेगरी उनले बिभागका प्रायः सबै काम सेटिङमा दिने गरेको आरोप छ । बिभागको परामर्शको काम बिचौलिया अर्याललाई मिलाए मात्र पाउन सकिने गरी सेटिङको जालो गिरीले बनाएका छन् । वन अनुसन्धान केन्द्रका उपसचिव गिरीले नै बिचौलिया अर्याललाई अगाडि सार्ने र उनीमार्फत् आएकालाई मात्र काम दिने गरेका छन् ।
केन्द्रको आन्तरिक सबै ब्यवस्थापन गिरीले गर्ने गरेका छन् । अर्याल जेनिसस कन्सलटेन्सीका सेयरहोल्डर होइनन्, तर सम्पूर्ण जिम्मेवारी उनी आफैंले गर्दछन् । वन अनुसन्धानका सबै कामको बिचौलियाका रुपमा परिचित अर्यालले बर्षैपिच्छे गाडी फेर्ने गर्दछन् ।
पछिल्लो पटक उनले क्रेटा गाडी लिएका छन् । उक्त गाडी सधैं वन अनुसन्धान बिभागको अगाडि राखिएको हुन्छ । कार्यालय समयपछि खानपिन लगायत सबै ब्यवस्था अर्यालले मिलाउने गरेका छन् । केन्द्रका सबै कर्मचारीहरु अर्याल र गिरीको हर्कत देखेर आश्चर्यचकित छन् । तर केही गर्न सक्दैनन्, निरीह छन् । गिरीको चलखेल यति छ कि सबै त्रसित छन् । केन्द्रमा मात्र होइन, बाहिर जिल्ला वन कार्यालय, वन प्रशिक्षणमा पनि कामको सेटिङ अर्याल–गिरीको समूहले गर्दैआएको छ ।
गिरीले इनभेन्ट्री शाखामा २ करोडको परामर्शको काम आएको छ, यो काम दीपक अर्यालले गर्छ, उनैसँग सम्पर्क गर्नू भनेर कन्सलटेन्सीहरुलाई हाक्काहाक्की भन्ने गरेको स्रोत बताउँछ । यो एक प्रतिनिधि उदाहरण हो, वन अनुसन्धान केन्द्रका हरेक काम गिरीले दीपकमार्फत् नै गर्ने गरेका छन् । छानबिन गर्दा पनि यो पुष्टि हुनेछ ।
कन्सलटेन्सीका काम सिधै दीपक अर्यालमार्फत् सेटिङमा दिने र भागशान्ति गर्ने गरेका छन् । रास्वपा र प्रधानमन्त्री वालेन्द्र शाहको सुशासनको अभियान वन अनुसन्धान केन्द्रमा किन पुगेन भन्ने प्रश्न उठेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि हेल्लो सरकारमा पनि वन अनुसन्धानकेन्द्रमा बिचौलिया अर्याल र उपसचिव गिरीको सेटिङका कारण परामर्शदेखि बिभिन्न काममा राष्ट्रलाई ठूलो नोक्सान पार्दैआएकाले छानबिन गर्न माग गर्दै उजुरी परेको छ ।
वन अनुसन्धान केन्द्रका ठेक्कापट्टा र परामर्श खरिदमा अर्यालसँग सेटिङ गरेको आरोप लागेका उपसचिव राजकुमार गिरीसँग प्रतिक्रियाका लागि बिहीबार बिहान ९ बजेर १६ मिनेटमा २ पटक मोवाइलमा सम्पर्क गर्दा उनले एक घन्टीमै सम्पर्क बिच्छेद गरेका छन् । उनीसँग पुनः सम्पर्क भएमा उनको प्रतिक्रियालाई हामीले यथोचित स्थान दिनेछौं ।
उपसचिव गिरीसँग मिलेर वन अनुसन्धान केन्द्रका ठेक्कापट्टा र परामर्श खरिदका काम बितरण गर्ने गरेको, दिनभर विभागमा कर्मचारीझैं बस्ने डिल गर्ने गरेकोबारेमा दीपक अर्यालसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क नै हुन सकेन ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend