काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्दै लामो समय एकै कार्यालयमा कार्यरत जनशक्तिको सरुवा गरेको छ । कोशी र मधेश प्रदेशदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रमा लामो समय कार्यरत सशस्त्र प्रहरीहरुको सरुवा गरिएको छ ।
सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी संगठनमा परिपत्र गर्दै सीमा अपराध र तस्करी नियन्त्रणमा संलग्न भए जुनसुकै दर्जाको भए पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
तस्करीमा संलग्नमाथि पनि सशस्त्र प्रहरीले गम्भीर रुपमा छानबिन गरेको छ । सशस्त्र प्रहरी नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत तीन जनामाथि छानबिन सुरु भएको जनाएको छ । बिभिन्न बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाइएको छ ।
अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको हो । सशस्त्र मुख्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरेको हो ।
सशस्त्रमा सुशासनका लागि आईजीपी पौडेलले कदम चालिसकेको भए पनि नेपाल प्रहरीभित्र भने सादा पोशाकमा परिचालित घुमुवाले सीमा क्षेत्रमा तस्करीको लाइन मिलाएर लाभ लिन छाडेका छैनन् ।
प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनमा आफ्नो मानिस छ भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बरिष्ठ हवल्दार मुनिलाल गुप्ताले तुजुक देखाउने गरेको आरोप छ । गुप्ताले आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो कार्यालय प्रमुखलाई समेत झुटो कुरा गरी अबैध असुली गर्दैआएको आरोप छ ।
उनले ब्यापारीलाई इलाका प्रहरी कार्यालयका हाकिमको नाममा रकम माग्ने गरेका छन् । हाकिमको आदेश छ भन्दै प्रहरी कार्यालय आउन अन्यथा जे पनि हुनसक्छ भन्दै तर्साउने गरेको गुनासो ब्यापारीहरुको छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गर्न कडाइका साथ रोक लगाइएको छ । तर रौतहटमा गुप्ताहरु घुमुवाका रुपमा सादा पोशाकमा परिचालित हुने गरेका छन् । रौतहटका एसपी सिताराम रिजालले ध्रुव यादवलाई सुटुक्क घुमुवा राखेकोमा समाचार आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले तानेको थियो । गुप्ताका बारेमा प्रहरीको उजुरी छानबिनमा थुप्रै उजुरी पुगे पनि बाराबाट रौतहट, सर्लाही फेरि रौतहट सरुवा हुने गरेको छ । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा आफन्त भएकाले गुप्ताले बारा, रौतहट र सर्लाहीमै घुमुवाका रुपमा दरबन्दी मिलाउने गरेका छन् ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend