सुवास बस्नेत, जसले १ लाख रोपनी अबैध प्लटिङ रोकेका थिए भने १ हजार रोपनी सरकारी जग्गा कायम गर्ने तयारी गरेका थिए ।
काठमाडौं । भूमाफियाको अतिक्रमणमा परेको करिब १ लाख रोपनी जग्गा खोजी गर्दै खाली गराउन लागिपरेका काठमाडौं उपत्यका बिकास प्राधिकरण, काठमाडौं कार्यालयका प्रमुख(डीई) सुवास बस्नेतलाई सरुवा गर्न लागिएको छ ।
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि बस्नेतको सरुवा गर्ने तयारी गरेका छन् । संघीय सहरी आयोजना कास्कीकी प्रमुख सुनिता श्रेष्ठ सापकोटालाई उपत्यका विकास प्राधिकरण, काठमाडौंको प्रमुखमा ल्याउन लागिएको छ । समेत बिदा भइसकेको तरल र निषेधाज्ञा लागू भएको अवस्थामा सचिव सिग्देलले बस्नेतको सरुवा गर्ने तयारी गरेका छन् ।
डीई बस्नेतले काठमाडौं जिल्लाका अबैध प्लटिङ रोक्ने अभियान नै चलाउँदैआएका छन् । उनले काठमाडौंका ३ ३ खर्ब बराबरका करिब ५ हजार रोपनी अबैध प्लटिङ गर्न लागिएका जग्गा रोक्का राखेका छन् ।
तिनै अबैध प्लटिङका संचालकहरुको प्रभावमा परी सचिव सिग्देलले बस्नेतको सरुवा गराउन लागेको आरोप छ । काठमाडौंका डाँडाकाँडाका सरकारी जग्गा, बन जंगलदेखि शिवपुरी राष्ट्रिय निकुन्जको बफरजोजको जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने क्रम पछिल्ला दिनमा बढिरहेको र त्यस्ता प्लटिङ रोक्न बस्नेत र उनको नेतृत्वको टीम अहोरात्र लागेको थियो ।
बस्नेतले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको कपनको लोयल्टी स्कुल, चावहिलको ओम हस्पिटलको जग्गा खाली गराउन डोजर चलाउन खोज्दा अबरोध हुँदैआएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी धेरै नेता र उच्चपदस्थ कर्मचारीहरुले घर बनाएको र ती जग्गा खाली गराउन बस्नेत लागिपरेका थिए । अतिक्रमणमा परेका संरचना डोजर लगाउँदै खाली गराउने र अबैध प्लटिङ रोक्न खोज्दा बस्नेत सचिव सिग्देलको कोपभाजनमा परेका छन् ।
सिग्देलले अबैध प्लटिङ र भूमाफियाको प्रभावमा परी उनलाई सहरी विकास तथा भवन निर्माण बिभागमा सरुवा गरी सुनितालाई ल्याउन लागेको बुझाइ आयुक्त कार्यालयका कर्मचारीमा छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि सार्वजनिक जग्गा संरक्षण गर्नेतिर भन्दा उनीहरुसँग सेटिङ गरी लाभ लिनमै तल्लीन रहेकी छन् । तर बस्नेतले साहसका साथ डोजर लगाएण्र सार्वजनिक जग्गा खाली गराउँदैआएका छन् ।
विकास आयुक्त ढकालले २०७९ कात्तिक १८ र मंसिर २८ गते सार्वजनिक जग्गा खाली गराउने सूचना निकालेर मोलमोलाई गरी डिल मिलेपछि खाली नगराएको आरोप लाग्ने गरेको छ । ढकालले पनि सरकारी जग्गा अतिक्रमण गर्ने र अबैध प्लटिङवालाहरुको स्वार्थमा चली बस्नेतलाई हटाएर सुनिता श्रेष्ठलाई ल्याउन लागेको आरोप छ ।
त्यसैगरी, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नै नै सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएको आरोप लागेको छ । टोखास्थित बसुन्धरामा रहेको सिग्देलको घर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको स्रोतको दाबी छ । सार्वजनिक जग्गा मिचेको मात्र होइन, उक्त घर मापदण्डबिपरीत बनाइएको कागजात उपत्यका विका स प्राधिकरणमा रहेको स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend