काठमाडौं । सरकारी जग्गा अतिक्रमण गर्नेहरुको बारेमा एकपछि अर्को तथ्यहरु बाहिरिंदैछन् । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठको हात्तीवनमा रहेको लिटिल एन्जेल्स स्कुलले १ रोपनी भन्दा बढी सरकारी राजकुलो अतिक्रमण गरेको छ ।
शक्तिको आडमा बिगतमा काठमाडौंका सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूची लामो छ । त्यसमा लिटिल एन्जेल्स स्कुल पनि एक हो । जेनजी समूहको समर्थनमा बनेको बर्तमान सरकारले यस्ता जग्गा खोजी गरी सरकारका नाममा ल्याउने कार्यको सुरुवात भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाबाट सुरु भएको छ । कर्मनासा खोला नै सारेर सयौं रोपनी जग्गा अतिक्रमण गर्नेहरुको बारेमा समेत अब खोजी हुने अपेक्षा गरिएको छ ।
कर्मनाशा खोलासमेत स्कुलभित्रै हालेको लिटिङ एन्जल्स स्कुलले १ रोपनी २ आना ३ दाम २ पैसा(६००.५५ व.मि.) राजकुलोको जग्गा लिटिल एन्जेल्सको जग्गा अतिक्रमण गरेको छ । २०२१ सालको नापीनक्सा अनुसार कित्ता नम्बर ५ च १ को जग्गा उक्त जग्गा उक्त स्कुलले अतिक्रमण गरेको हो ।

२०२१ सालको नापीनक्सा अनुसार ५ ह, ५घ १ र ५ च १ को कूलो, सार्वजनिक, पर्ति र व्यक्तिगत जग्गा लिटिल एन्जल्स स्कूलभित्रको क्षेत्रफल ११०–५–१–२.४० (५६१३३.११ व.मि. रहेको छ । जसमा स्कुलको जग्गाधनी पूर्जा अनुसारको क्षेत्रफल १००–१४–२.५१ (५१३२३.८४ व.मि.) मात्र रहेको छ । नापी नक्सा र पूर्जा अनुसार फरक क्षेत्रफल अर्थात लिटिल एन्जेल्स स्कुलले १ रोपनी २ आना एक पैसा जग्गा अतिक्रमण गरेको भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाले जनाएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले लिटिल एन्जेल्स स्कुलसहितका संघसंस्थाहरुलाई ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न आइतबार सार्वजनिक सूचना निकालेका छन् ।
३५ दिनभित्र जग्गा खाली नगरी अटेर गरेमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम कामकारबाही हुने सूचनामा उल्लेख छ । ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्नैपर्ने दबाबमा लिटिल एन्जल्स स्कुल परेको छ ।
उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयबाट जानुका ढकालले सरुवा गरेका कानुन अधिकृत घनश्याम पौडेल भेल्पा–हात्तीवन आयोजनामा हाजिर भइसकेपछि त्यहाँ बर्षौंदेखि टुंगो लाग्न नसकेको जग्गाको समस्या समाधानमा लागिसकेका छन् ।
पाँच बर्षभित्र सम्पन्न गर्नेगरी स्थापना गरिएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको काम १२ बर्ष बितिसक्दा पनि सकिएको छैन । ४ सय घरधुरी रहेको आयोजनाको जग्गा १२ बर्षदेखि रोक्का छ । किनबेच गर्न, बैंकमा राख्न पाएका छैनन् । तर आयोजनाका इन्जीनीयरदेखि प्रमुखसम्म जग्गा हस्तान्तरण गर्नभन्दा पनि झुलाउनमात्र ब्यस्त देखिएका थिए । घुस दिने जग्गाधनीको जग्गा हस्तान्तरण गर्ने तर घुस नदिनेको झुलाएर राखिएको गुनासो भेल्पा हात्तीवनबासीको रहँदैआएको छ । पौडेलले सरुवा हुनासाथ अतिक्रमणमा परेको जग्गा खाली गराउने र भेल्पाबासीको समस्या समाधान गर्ने कार्यमा जुटिसकेका छन् । भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको जग्गाको बारेमा जेनजीको समेत सहयोग लिने तयारीमा आयोजना रहेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण ललितपुरअन्तर्गतको उक्त आयोजनाका जग्गाधनीहरु बर्षौसम्म पनि पूर्जा आफ्नो नाममा नआउँदा ठूलो मारमा परेका छन् । बीसौं करोड आयोजनाका कर्मचारीको तलवभत्तामै खर्च भइसकेको छ । जुन त्यही जग्गाधनीले बेहोर्नुपर्छ ।
आयोजनाले जगा हस्तान्तरण नगर्दा जग्गाधनीको जग्गा ४ आनाबाट घटेर साढे २ आनामात्र भागमा पर्ने भइसकेको छ । जग्गा हस्तान्तरण सम्पन्न गर्न अनेक बाधा देखाउने र झुलाउने काम प्राधिकरणबाट खटिएकी इन्जीनीयर प्रकृति केसीले गरेकी थिइन् । जसका बिरुद्ध १ बर्षअघि भेल्पाबासी सहरी विकास मन्त्रालयमा डेलिगेसन नै जानुपरेको थियो । सहरी विकासले केसीलाई सरुवा नै गरेको थियो ।
यसैबीच, उपत्यकाभित्र अतिक्रमित सार्वजनिक पर्ति जग्गा संरक्षण गर्ने अभियानमा लागेका घनश्याम पौडेल र काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतलाई उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले भूमाफियाको पक्षमा लागेर एकपछि अर्को दुःख दिने गरेकी थिइन् । बस्नेतलाई उनले सरुवा गरेकी छन् । पौडेललाई यसअघि नै भेल्पामा सरुवा गरेकी थिइन् । प्राधिकरणबाट लखेटिएका पौडेलले भेल्पा आयोजनाको जग्गाको समस्या समाधानमा लागिसकेका छन् ।
बस्नेतले काठमाडौंको १ लाख रोपनी अवैध प्लटिङ रोक्का गर्ने र १ हजार रोपनी जग्गा सरकारका नाममा ल्याउन लाग्दा भूमाफियाको प्रभावमा परी सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उनको सरुवा गराएका छन् । सहरी विकास मन्त्री कुलमान घिसिङलाई समेत गुमराहमा पारी बस्नेतको सरुवा गराएका छन् । जसका कारण रोकिएको १ लाख रोपनी अबैध प्लटिङ गर्नेहरु खुसी भएका छन् । अवैध प्लटिङ गर्नेहरुसँग कुस्त लाभ लिएर सचिव सिग्देलले जिल्ला आयुक्त बस्नेतको सरुवा गराएको आरोप छ ।
जिल्ला आयुक्त बस्नेत र पौडेलले लोयल्टी स्कुलदेखि ओम अस्पतालले खोलाको जग्गा मिचेर बनेको पर्खाल डोजर लगाएर भत्काएका थिए । महादेव खोलाको जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गरेका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend