काठमाडौं । मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गए रातिदेखि परेको हिउँको कारण आउनसक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गए रातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेकोे छ ।
सो टोलीले यात्रुहरुको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्यसमेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गए रातिदेखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।
यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुका सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरुको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथीसम्म पुगेको छ । हिउँमा फसेकाहरुलाई सुरक्षित स्थानान्तरण तथा उद्धार
असोज ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरुमा परेको हिउँका कारण फसेका व्यक्तिहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तर गरेकोे छ ।
हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षितकासाथ ल्याइएको छ भने ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ ।
मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।
तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी बेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षाफौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको स्थापना भएर उच्च भूभाग खोज तथा उद्दार तालिम समेत संचालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्दारमा सहजता भएको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend