तस्वीर: नेपाली सेना
मनाङ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको उद्वार टोली त्यसतर्फ गएको छ ।
२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका छन् ।
उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्दारका लागि खटिएको छ ।
सो ताल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्दारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।
अलपत्र परेका १५ जना पर्यककको उद्दार
म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको कार्तिक १४ गते नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको छ ।
मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने बतासे डाँडा नजिकैबाट उनीहरुको उद्दार गरिएको हो । ३ जना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरी सर्किट गई फर्कने क्रममा कार्तिक ११ गते उनीहरु अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात कार्तिक १२ गते उनीहरुको उद्दारका लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिडेर जानुपर्ने भएको हुँदा उनीहरुको उद्दारमा केही समय लागेको बताइएको छ । उद्दार गरी उनीहरुलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदैछ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend