तस्वीर: नेपाली सेना
मनाङ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको उद्वार टोली त्यसतर्फ गएको छ ।
२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका छन् ।
उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्दारका लागि खटिएको छ ।
सो ताल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्दारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।
अलपत्र परेका १५ जना पर्यककको उद्दार
म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको कार्तिक १४ गते नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको छ ।
मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने बतासे डाँडा नजिकैबाट उनीहरुको उद्दार गरिएको हो । ३ जना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरी सर्किट गई फर्कने क्रममा कार्तिक ११ गते उनीहरु अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्धारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात कार्तिक १२ गते उनीहरुको उद्दारका लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिडेर जानुपर्ने भएको हुँदा उनीहरुको उद्दारमा केही समय लागेको बताइएको छ । उद्दार गरी उनीहरुलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदैछ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend