काठमाडौं । आफू आउँदा स्वागत गर्न विद्यालयको मूलढोकामा नआएको भन्दै प्रधानाध्यापक थर्काउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि पनि दोहोरो सुविधा लिइरहेको आफ्नै मुखबाट बोलेका छन् ।
ओखलढुंगाको रगनीस्थित चण्डेश्वरी माध्यमिक बिद्यालयमा जाँदा त्यहाँका प्रधानाध्यापक सन्तोष मगर मूलगेटमा आएर स्वागत नगरेको भन्दै आक्रोशित भएर थर्काउने क्रममा शुक्रबार नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले आफू नेपाल सरकारको बिशिष्ट श्रेणीको कर्मचारी रहेको अहिले पनि ५० हजार पेन्सन लिइरहेको स्पष्टसग बोलेको भिडियो भाइरल छ ।
सरकारी सेवामा रहेका तल्लो तहदेखि सहसचिवदेखि सचिव, मुख्यसचिव, प्रहरी, सेना लगायत राष्ट्रसेवक कर्मचारीहरुलाई सरकारले बीस वर्ष वा सोभन्दा बढी अवधि सेवा गरे वापत मासिकरूपमा पेन्सन दिने गर्दछ । निजामती, स्वास्थ्य, संसद सचिवालयलगायतका केही सार्वजनिक संस्थाहरुका कर्मचारीहरूले यो सुविधा पाउँछन् । पेन्सन रकम लामो समय सरकारको सेवा वापत अवकाश प्राप्त कर्मचारीलाई बाँकी जीवन निर्वाहको निमित्त दिइएको रकम हो ।
पेन्सन सुबिधा बापतको रकम सरकारको सेवा गरेबापत तलवको आधादेखि असी प्रतिशतसम्म पाउँछन् । तर पेन्सन सुबिधा पाउनेहरुले पुनः लाभको पदमा पुगेमा दोहोरो सुविधा लिनु नहुने बहस विगत लामो समयदेखि हुँदैआएको छ ।
अघिल्लो सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारी तलव नलिई पेन्सनमात्र लिने घोषणा गरेर उच्च नैतिकता देखाएका थिए । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीले पनि दोहोरो सुबिधा नलिएर उच्च नैतिकता देखाइरहेका छन् । तर सांसद विश्वराज पोखरेलले भने आफूले मासिक ५० हजार पेन्सन लिइरहेको सगर्व घोषणा गरेका छन् । उनले आफ्नै मुखबाट मासिक ५० हजार पेन्सन लिइरहेको बोलेका छन् । विश्वराजले पेन्सन लिने गरेको स्वीकार गरेका छन् भने सांसदको तलव भत्ता त्याग गरेको घोषणा गरेका छैनन् । यसकारण पनि उनले दुबै सुविधा लिने गरेको कुरालाई पुष्टि गर्दछ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभाका सबै सांसदहरुको बैंकखातामा पहिलो महिनाको तलव भत्ता भुक्तानी भइसकेको बताए । नेपाल सरकारको बिभिन्न सेवाबाट निवृत्त भएका र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सांसदहरुले आफूले निवृत्तिभरण पाएकाले दोहोरो सुविधा नलिने कुनै सूचना वा निवेदन नदिएको पनि प्रवक्ता गिरी बताउँछन् । उनले भने–‘आफूले तलव भत्ता नलिने जानकारी संसद सचिवालयमा कुनै पनि सांसदले दिनुभएको छैन ।’
संघीय संसदका प्रवक्ता गिरीको प्रतिक्रियाले पनि सांसद विश्वराज पोखरेलले प्रतिनिधिसभा सदस्यको तलवसुविधा समेत लिएको कुरालाई पुष्टि गर्दछ । पेन्सन लिएको कुरा त उनले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका रगनीको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरलाई स्वागत गर्न नआएको निहुँमा थर्काउने क्रममै बोलेको भिडियो भाइरल छ ।
अब जान्नेलाई छान्ने र सुशासनका चर्का नारा उरालेर आएको रास्वपाले राज्यबाट दोहोरो सुबिधा लिने छुट आफ्ना सांसदहरुलाई दिने गरेको रहेछ भन्ने पोखरेलको भनाइले पुष्टि गरेको छ ।
सेवानिवृत्त भइसकेपछि राज्यले पुनः विश्वास गरी पुनः सरकारी सेवामा नियुक्त भएकाहरूले नियमानुसार मासिक तलब भत्ता पाउँदछन् । साथै अघिल्लो सेवा अवधिको पेन्सन पनि पाउँछन् । पुनः नियुक्ति भइसकेपछि सबै सुविधा पाउने भएपछि पनि बाँकी जीवन निर्वाहका लागि दिइएको पेन्सन रकम नलिई नैतिक रुपमा स्वतः छाड्नुपर्नेमा उच्च ओहदाका व्यक्तिहरूले मासिक तलब र पेन्सन दुबै सुविधा लिनु अपराध मानिन्छ ।
लामो समय सेवा गरेको एउटा शिक्षकले सेवानिवृत्त भएपछि बृद्धभत्ता पाउँदैन । नेपाली सेनाको सिपाहीले समेत पेन्सन सुविधा लिएकाले राज्यबाट बृद्धभत्ता पाउँदैन । तर सांसद नीति निर्माण गर्ने तहमा पुगेका सांसदले मासिक ५० हजार पेन्सन लिने गरेको सगौरब बताएर निर्लज्जताको पराकाष्टा नै रास्वपाका माननीय पोखरेलले देखाएका छन् ।
२०७२ मा तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्माले दोहोरो सुविधा लिएका पूर्व विशिष्ट तथा बहालवाला प्रमुख तथा पदाधिकारीलाई उक्त सुविधा फिर्ता गर्ने प्रस्ताव गरेकी थिइन् । बेला बेलामा मन्त्रिपरिषदको निर्णय र सामान्य प्रशासन मन्त्रालयले परिपत्रमार्फत् दोहोरो सुविधा लिन नपाउने र लिएको फिर्ता गरिंदैआए पनि काुननी ब्यवस्था गरेर रोक लगाउन सकेको पाइँदैन । दोहोरो सुविधा लिनुलाई नीतिगत भ्रष्टाचारका रुपमा लिनुपर्ने बहस पनि हुने गरेको छ ।
रास्वपाबाट प्रतिनिधिसभामा नेपाल प्रहरीबाट अवकाश पाएका ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा चुनाव जितेका छन ।
ओखलढुंगाबाट पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी) विश्वराज पोखरेल, कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा, गुल्मी २ बाट पूर्वडीएसपी गोबिन्द पन्थी र झापा ४ बाट पूर्वसई शम्भुप्रसाद ढकाल(सुस्केरा) ले रास्वपाबाट प्रतिनिधिसभामा जितेका छन् । पोखरेलले २९ बर्ष सेवा गरी आईजीपी बढुवा नभएपछि राजीनामा दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री चोलेन्द्रशमशेर जबरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेललाई प्रभावमा पारी उनी आफ्ना ब्याचीभन्दा १७ महिनाअघि जम्प हानेर एआईजी बढुवा भएका थिए । तर आईजीपी बढुवा हुने समयमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकाले बरिष्ठता र कार्यक्षमतामा पोखरेलभन्दा अब्बल रहेका र अन्यायमा पारिएका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइदिए ।
चोलेन्द्र, ओली र इश्वरलाई खुसी पारी बढुवा भएका पोखरेलले आइजीपी हुन नपाएपछि ७ करोड मागेको अमूर्त अन्तर्वार्ता दिएर चर्चामा आए, आइरहेका छन् । तर कसले माग्यो भनेर खुलाउन भने नसकेकाले उनले चर्चामा आउन र स्टन्ट गर्न भनेको सहजै अनुमान गर्न सकिन्छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend