विश्वराज पोखरेल, विक्रमसिंह थापा, गोविन्द पन्थी र शम्भुप्रसाद ढकाल
काठमाडौं । जान्नेलाई छान्ने र सुशासनको प्रतिबद्धतासहित चुनावमा अभूतपूर्व बिजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले नवनिर्वाचित सांसदहरुलाई दोहोरो सुविधा लिने छुट दिन्छ कि दिंदैन भन्ने कौतुहलता सबैतिर छ ।
नेपाल प्रहरीबाट अवकाश पाएका र राज्यबाट निवृत्तिभरण(पेन्सन) लिइरहेका ४ पूर्व प्रहरी अधिकृतले रास्वपाबाट टिकट लिएर चुनाव जितेका छन् । उनीहरुले अब प्रतिनिधिसभाबाट पाउने भत्तादेखि पारिश्रमिकमात्र लिन्छन् कि पेन्सन पनि लिन्छन् ? दोहोरो सुबिधा राज्यबाट लिनुलाई नैतिक दृष्टिले उचित मानिंदैन । सार्वजनिक पदधारण गरेका उच्च प्रतिष्ठित व्यक्तिहरुले सरकारबाट दोहोरो सेवा सुविधा लिनु नहुने बहस बिभिन्न कोणबाट विगतदेखि नै हुँदैआएको छ । त्यही भएर संवैधानिक निकायका अधिकांशले पदाधिकारीहरु पदमा बहाल रहुन्जेल पेन्सन नलिने गरेको पाइन्छ ।
अब जान्नेलाई छान्ने र सुशासनका चर्का नारा उरालेर आएको रास्वपाले राज्यबाट दोहोरो सुबिधा लिने छुट आफ्ना सांसदहरुलाई दिन्छ कि दिंदैन त्यो बिस्तारै देखिएला । तर पार्टीले नै अंकुश लगाउनुपर्ने परिस्थिति आउनुअघि नै नवनिर्वाचित सांसदहरुले आफूहरुले दोहोरो सुबिधा नलिने घोषणा गरेमा सकारात्मक सन्देशा जानसक्छ ।
रास्वपाबाट प्रतिनिधिसभामा नेपाल प्रहरीमा ३० बर्ष सेवावधि पूरा गरी अवकाश पाएका ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा चुनाव जितेका छन् । ओखलढुंगाबाट पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी) विश्वराज पोखरेल, कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा, गुल्मी २ बाट पूर्वडीएसपी गोबिन्द पन्थी र झापा ४ बाट पूर्वसई शम्भुप्रसाद ढकाल(सुस्केरा)ले रास्वपाबाट प्रतिनिधिसभामा जितेका छन् ।
यी चारैजना पेन्सनधारी भएकाले उनीहरुले सार्वजनिक पद धारण गरेपछि राज्यबाट दोहोरो सुबिधा लिएमा नैतिक रुपमा प्रश्न भने अवश्य उठ्नेछ । । कानुनमा भने कहीँ कतै दोहोरो सुविधा लिन नपाउने स्पष्ट व्यवस्था छैन ।
राज्यकोषबाट दोहोरो सुविधा लिन पाइँदैन भन्ने कुरामा सबै एकमत छन् । तर कानुनी ब्यवस्था गरिएको छैन । सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ मा दोहोरो सुविधा लिन नहुने व्यवस्था छ ।
२०७२ मा तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्माले दोहोरो सुविधा लिएका पूर्व विशिष्ठ तथा बहालवाला प्रमुख तथा पदाधिकारीलाई उक्त सुविधा फिर्ता गर्ने प्रस्ताव गरेकी थिइन् । बेला बेलामा मन्त्रिपरिषदको निर्णय र सामान्य प्रशासन मन्त्रालयले परिपत्रमार्फत् दोहोरो सुविधा लिन नपाउने र लिएको फिर्ता गरिंदैआए पनि काुननी ब्यवस्था गरेर रोक लगाउन सकेको पाइँदैन ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend