Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा सांसद विश्वराज पोखरेलको अनुरोध, होटल–रेष्टुरेन्टमा कार्यक्रम नगरौं


    आइतबार, चैत्र ८ २०८२
    515
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट ओखलढुंगाका नवनिर्वाचित सांसद विश्वराज पोखरेलले होटल रेष्टुरेन्टमा कार्यक्रम नगर्न आग्रह गरेका छन् । रास्वपाले ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा गएको मंगलबार २ दिने आवासीय अभिमुखीकरण कार्यक्रम राखेको थियो । जसको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।

    सामाजिक संजालमा होटलमा भएको कार्यक्रमको आलोचना भएपछि सांसद पोखरेलले पार्टीका आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनः अनुरोध गरेका छन् ।

    उनले काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको पनि प्रष्ट पारेका छन् । पोखरेलले कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरेका छन् ।

    उनले सामाजिक संजालमार्फत् यस्तो अनुरोध गरेका हुन् । उनी लेख्छन्–‘आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनस् अनुरोध गरिन्छ ।

    काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको छ । साथै, कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार