काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट ओखलढुंगाका नवनिर्वाचित सांसद विश्वराज पोखरेलले होटल रेष्टुरेन्टमा कार्यक्रम नगर्न आग्रह गरेका छन् । रास्वपाले ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा गएको मंगलबार २ दिने आवासीय अभिमुखीकरण कार्यक्रम राखेको थियो । जसको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
सामाजिक संजालमा होटलमा भएको कार्यक्रमको आलोचना भएपछि सांसद पोखरेलले पार्टीका आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनः अनुरोध गरेका छन् ।
उनले काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको पनि प्रष्ट पारेका छन् । पोखरेलले कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरेका छन् ।
उनले सामाजिक संजालमार्फत् यस्तो अनुरोध गरेका हुन् । उनी लेख्छन्–‘आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनस् अनुरोध गरिन्छ ।
काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको छ । साथै, कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरिन्छ ।’
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend