काठमाडौं । प्रधानाध्यापक थर्काउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । पूर्व एआईजीपी भएको, माननीय भएकाले आफू आउनासाथ स्वागत गर्न किन नआएको भन्दै उनले शुक्रबार प्रधानध्यापक थर्काएको भिडियो भाइरल भएको थियो ।
सांसद पोखरेलले ओखलढुङ्गा रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा आफूलाई स्वागत गर्न नआएको भन्दै थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनले शनिबार विज्ञप्ति जारी गर्दै माफी त मागेका छन् । तर माफी मागिरहँदा पनि उनले आफूले बोलेका अपमानजनक शब्दहरुप्रति पश्चाताप नगरेको झल्को उनको विज्ञप्तिमा देखिन्छ । उनले प्रधानाध्यापक सन्तबहादुर मगरलाई प्रष्ट देखिने र सुनिनेगरी गरेको अपमानको भिडियो काँटछाँट गरिएको भन्दै ढाकछोप गर्न खोजेको उनको विज्ञप्तिको भाषाबाट स्पष्ट हुन्छ ।
चौतर्फी उनको बिरोध भएपछि र रास्वपा पंक्तिबाटै उनको राजशी र सामन्ती ब्यवहारको बिरोध भएपछि पार्टीको दबाबमा उनले हृदयदेखि माफी माग्न नसकेको उनको भाषाबाट बुझ्न सकिन्छ ।
पोखरेलले बिज्ञप्तिमा लेखेका छन्–सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्चस्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्णरूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपथ्र्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।’
उनले आफूलाई स्वागत गर्न नआएको भन्दै ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई हप्काएका थिए । जुन कुरा उनले जति ढाकछोप गर्न खोज्दा पनि उजागर भएको छ ।
उनले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरूमात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको दाबी गरेका छन् ।

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend