काठमाडौं । प्रधानाध्यापक थर्काउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । पूर्व एआईजीपी भएको, माननीय भएकाले आफू आउनासाथ स्वागत गर्न किन नआएको भन्दै उनले शुक्रबार प्रधानध्यापक थर्काएको भिडियो भाइरल भएको थियो ।
सांसद पोखरेलले ओखलढुङ्गा रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा आफूलाई स्वागत गर्न नआएको भन्दै थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनले शनिबार विज्ञप्ति जारी गर्दै माफी त मागेका छन् । तर माफी मागिरहँदा पनि उनले आफूले बोलेका अपमानजनक शब्दहरुप्रति पश्चाताप नगरेको झल्को उनको विज्ञप्तिमा देखिन्छ । उनले प्रधानाध्यापक सन्तबहादुर मगरलाई प्रष्ट देखिने र सुनिनेगरी गरेको अपमानको भिडियो काँटछाँट गरिएको भन्दै ढाकछोप गर्न खोजेको उनको विज्ञप्तिको भाषाबाट स्पष्ट हुन्छ ।
चौतर्फी उनको बिरोध भएपछि र रास्वपा पंक्तिबाटै उनको राजशी र सामन्ती ब्यवहारको बिरोध भएपछि पार्टीको दबाबमा उनले हृदयदेखि माफी माग्न नसकेको उनको भाषाबाट बुझ्न सकिन्छ ।
पोखरेलले बिज्ञप्तिमा लेखेका छन्–सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्चस्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्णरूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपथ्र्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।’
उनले आफूलाई स्वागत गर्न नआएको भन्दै ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई हप्काएका थिए । जुन कुरा उनले जति ढाकछोप गर्न खोज्दा पनि उजागर भएको छ ।
उनले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरूमात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको दाबी गरेका छन् ।

काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend