काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयबाट घुमुवाका रुपमा ८ वटै जिल्लामा परिचालन गरिएका बरिष्ठ सई गोपाल थापामगर र सिरहामा दरबन्दी भए पनि धनुषामा समेत खटाइएका अर्का सई जयलाल यादवको असुली आतंकको बारेमा ब्यापारीले नै रहस्य खोलेको अडियो बाहिरिएको छ ।
धनुषाका ब्यापारी राजेश महासेठले प्रहरीकै एक जुनियर अधिकृतसँग मधेश प्रदेशका घुमुवालाई मासिक ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म दिने गरेको बताएको अडियोमा सुन्न सकिन्छ । ब्यापारी महासेठले डीआईजीको नाममा घुमुवा यादव र थापामगरले रकम लैजाने गरेको अडियोमा सुनिन्छ । गृहमन्त्री सुधन गुरुङकैमा उक्त अडियो पुगिसकेको छ । गृहमन्त्रालय स्रोतबाट नेपालफेसलाई प्राप्त अडियोमा महासेठले आफूले सई जयलाललाई ३० हजार र उमेश नामका ब्यापारीले मासिक डेढ लाख दिने गरेको बताएका छन् ।
डीआईजीका घुमुवा सई यादव र बरिष्ठ सई थापामगरले नाका–नाकामा ब्यापारीबाट असुली गर्ने र नदिने ब्यापारीको सामान बरामद गर्ने अभियान नै चलाउँदैआएका थिए । जयलाल यादवले सिरहा र धनुषामा डीआईजीको नाममा असुली गर्ने गरेको बिषयमा नेपालफेसले यसअघि नै सार्वजनिक गरिसकेको छ । डीआईजी गोविन्द थपलियाको आडमा थापामगर र यादवले तस्करीको लाइन चलाएर ब्यापारीबाट मासिक असुली गर्ने र बदनाम जिल्लाका प्रहरीका एसपीहरुको हुने गरेको गुनासो एसपीहरुले गरे पनि सुनुवाइ हुने गरेको छैन ।
डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दी भएका सई जयलाल यादवलाई धनुषामा घुमुवाका रुपमा खटाएको आरोप छ । धनुषाका एसपी रुगमबहादुर कुँवरका नाममा समेत उनले असुली गर्दैआएका छन् । यद्यपि एसपी कुँवरले भने धनुषाका नाका नाकामा आफैं राति राति गस्तीमा निस्किएर विगत २ महिनायता तस्करीको लाइन पूरै बन्द गरेको स्रोत बताउँछ ।
प्रदेशका डीआईजीका नाममा घुुमुवा यादवले ब्यापारी उमेश साहबाट यादवले केही दिनअघि नजराना लिए । तर ०८२ चैत १ गते प्रदेशका घुमुवा थापामगरले जटही नाकामा तिनै साहको सामान बरामद गरिदिएपछि हंगामा मच्चियो । थापामगर र जयलालले गर्दा प्रहरीको बदनाम हुँदा अनाहकमा फुलगामा चौकीका सई तानिए । जिल्लाका एसपी र प्रदेशका डीआईजीको जानकारीबिना थापामगरले उक्त सामान बरामद मात्र गरेका थिएनन्, बरामद सामानको फोटो फेसबुकमा राखेका थिए ।
धनुषाका एसपीले सिरहामा कार्यरत सईलाई धनुषामा बोलाउन सक्दैनन्, डीआईजीले नै जयलाललाई धनुषामा काम गर्न दिनू भनेर आदेश दिएर उनी परिचालित हुँदै तस्करीको सेटिङ गरेका थिए । जयलाल यादव लामो समयदेखि मधेश प्रदेशका जिल्लामा घुमुवाका रुपमा कार्यरत रहेका विवादित जुनियर अधिकृत हुन । उनी उठाउन र बुझाउने कलामा निपूर्ण मानिन्छन् ।
डीआईजीका घुमुवा थापामगरले समन्वय नै नगरी जथाभावी सुटुक्क जाने, तस्करीसँग डिल गर्ने, डिल नमिले समात्ने गर्दा जिल्लाका इन्चार्ज र प्रदेशबीचको सम्बन्धमै दरार आएको छ । धनुषाको प्रतिनिधि घटनामात्र हो, डीआईजी कार्यालयका घुमुवा थापामगर र जयलालका कारण प्रदेशका ८ वटै जिल्लाका एसपीहरु असन्तुष्ट रहेको स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend