मधेश प्रहरी कार्यालय, इन्सेटमा डीआईजी गोविन्द थपलिया र बरिष्ठ सई गोपाल थापामगर
जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा परिचालन गरिएका बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) गोपाल थापा मगरलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
डीआईजी गोविन्द थपलियाले आफूसँगै मधेश प्रदेश प्रहरी कार्यालयमा लगेर सिभिलमा घुमुवाका रुपमा खटाएका बरिष्ठ सई थापामगर एकपछि अर्को विवादमा मुुछिएका समाचार आएपछि उनलाई शुक्रबार तानिएको बताइएको छ ।
तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको सिफारिसमा डीआईजी थपलियाले उनलाई आफू सरुवा हुँदा सँगै मधेश प्रदेशमा लिएर गएका थिए । खापुङ कोशी प्रदेशको डीआईजी हुँदा थापामगर उनका घुमुवा थिए ।
खापुङ सीआईबीमा सरुवा भएपछि सँगै लगेका थिए । खापुङकै सिफारिसमा मधेश प्रदेशमा लगेर सई थापामगरलाई ८ वटै जिल्लाको घुमुवा कमाण्डरका रुपमा डीआईजी थपलियाले जिम्मा दिएका थिए ।
डीआईजीले घुमुवा बनाएपछि बरिष्ठ सई थापामगरले मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरीलाई प्रदेश प्रहरीमा बोलाउँदै मासिक दररेट बुझाउनुपर्ने सर्त राख्ने, नमाने गणमा ड्युटीमा हाल्ने समेत गर्न थाले ।
जिल्लाले खटाएका प्रहरीले डीआईजीका घुमुवा थापामगरको माग अनुसारको भेटी बुझाउन तयार नभएपछि उनले एसपीसँग समेत समन्वय नगरी तानेका थिए । जसले गर्दा कतिपय एसपीसँग डीआईजीको दूरी नै बढ्न थालेको थियो ।
डीआइजीको आडमा थापामगरले इलाका प्रहरीदेखि बिभिन्न युनिटमा कार्यरत क्यूआरटी ड्युटीमा रहेका प्रहरी जवानलाई समेत प्रदेशमा बोलाउने, कहिले सप्तरी त कहिले रौतहटको रमाना दिने जस्तो अत्याचार समेत गरेका थिए ।
घुमुवा सईले जिल्ला जिल्लाबाट डीआईजीको नाम लिने, जथाभावी प्रहरी तान्ने, दररेटअनुसार बुझाउन तयार भए प्रदेश कार्यालय नपुग्दै जिल्लामै फिर्ता गर्ने गर्दैआएका थिए ।
सई थापामगरले प्रदेशका ८ वटै जिल्लामा घुमुवा राख्ने, जिल्लामा राखिएका घुमुवालाई प्रदेशमा तान्ने गरेको गुनासो प्रहरी हेडक्वाटरमा पुगेपछि उनलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालयले तानेको बताइएको छ । प्रहरी मुख्यालयले तानेपछि उनी फेरि पूर्वआईजीपी खापुङमार्फत् मधेश प्रदेशमै फर्किने दाउमा लागिसकेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend