सिरहाका नाकाहरूबाट यसरी हुन्छ प्रहरीको सेटिङमा तस्करी
काठमाडौं । जेनजी बिद्रोह भ्रष्टाचार र तस्करी नियन्त्रणका लागि भएको थियो । तर जेनजी बिद्रोहपछि ६ महिनामा चुनाव भई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वमा झन्डै दुई तिहाई बहुमतको सरकार बन्ने निश्चित छ । तर जेनजीको भावना अनुसारको सरकार बन्ने निश्चित भइसक्दा पनि मधेश प्रदेशका ८ वटै जिल्लामा प्रदेश प्रहरीका प्रमुख(डीआईजी)कै संरक्षणमा तस्करी हुँदैआएको छ ।
डीआईजी गोविन्द थपलियाले मधेश प्रदेशमा सरुवा गर्नासाथ अतिरिक्त कमाउधन्दा संचालन गर्नका लागि सँगै लिएर गएका बरिष्ठ सई बरिष्ठ सई गोपाल थापामगर र अर्का सई जयलाल यादवसहितको घुमुवा टोलीले जिल्ला जिल्लामा आर्थिक लाभ असुलीलाई तीव्रता दिएको छ ।
धनुषामा चैत १ गते सई जयलाल यादवले डीआईजीका नाममा घुस लिंदैआएका एक ब्यापारीको सामान बरिष्ठ सई गोपाल थापामगरले बरामद गरेपछि हंगामा मच्चिसकेको छ । डीआईजीले यो काण्ड सामसुम पार्न र आफ्ना घुमुवालाई जोगाउन हतार हतार फुलगामा चौकीका इन्चार्ज सई टेकबहादुर कार्कीसहितको सेटै जिल्लामा फिर्ता गरिदिएका छन् ।
सिरहामा कार्यरत रहेका तर धनुषामा समेत नाका नाकामा उठाउन डीआईजीले परिचालन गरेका सई जयलाल यादव र थापामगरले मधेशका ८ वटै जिल्लामा मच्चाएको असुुली आतंकले एसपीहरु बोलबोल मछली मुखभरी पानीको अवस्थामा पुगेका छन् । जिल्ला, इलाका, चौकीलाई जानकारी नदिई सीमा नाकामा जाने बरिष्ठ सई गोपाल थापामगरले गर्दा धनुषामा प्रहरीको छविमा धब्बा लाग्न पुगेको छ ।

डीआईजीका घुमुवा सई जयलालले धनुषामा मात्र होइन, सिरहामा पनि दररेट तोकेर असुली गर्न टीम परिचालन गरेका छन् । प्रहरीमा भर्ना भएदेखि नै मधेश प्रदेशका बिशेषगरी धनुषा, महोत्तरी र सिरहामा धेरै बर्ष घुमुवा बसेका सई जयलाल यादव र सरुवा हुँदा सँगै लगेका बरिष्ठ सई गोपाल थापामगरलाई मधेश प्रदेशका जिल्लामा छायाँ डीआईजीको संज्ञा दिने गरिएको छ ।
घुमुवा सई जयलालको सेटिङमा सिरहामा तस्करीको नेटवर्क
डीआईजीका घुमुवा जयलालले तारापट्टि, हर्कट्टी, कचनारी, गोरगामा, ठाडी, माडर र खिराउना नाका, कमलापारी जस्ता नाकाबाट तस्करीको लाइन चलाएर कुस्त लाभ लिएका छन् ।
जयलाललाई मासिक रुपमा दररेट बुझाएर गोपाल राईले तारापट्टि, लकडी र भारतको जोगियासम्म तस्करीको लाइन चलाएका छन् । राईले नेपाल र भारत दुबैतिर सामान ल्याउने लाने गरेका छन् । नेपालबाट स्याउदेखि बिभिन्न सामान भारत लाने र उताबाट कपडा ल्याउने गरेका छन् । प्रदेश र जिल्लाको भागसमेत मासिक ७ लाखमा सेटिङ गरिएको स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस् :
विजय महासेठ, राकेश यादव, भगवानलाल साह, रामवृक्ष राईको समूहले प्रदेश र जिल्लालाई दररेट बुझाएर लाइन चलाएका छन् । यो समूहका मुख्य नाइके प्रमोद यादव हुन् । यो समूहका भगवानलालले प्रहरी चौकी कचनारी र विजय महासेठ र राकेशले हरकट्टी र कचनारी गोरगामाबाट लाइन पाएका छन् । यो समूहले जिल्ला र प्रदेशलाई भनेर मासिक ५ लाखमा डिल गरेको स्रोतको दाबी छ । पहाडी र देविन हिना दिपेन्द्रले पनि कचनारी नाकाबाटै लाइन पाएका छन् । यो समूहसँग पनि जयलालको सेटिङ रहेको छ ।
विष्णुदेव भगतले झाँझपटी प्रहरी चौकीकै रुट भएर मदिरा भारतको बिहारमा लाने गरेका छन् । बिहारमा मदिरा निषेध गरिएकाले नेपालबाट तस्करी भएर जाने गरेको छ । भगतसँगै आनन्द यादवले स्याउ भारत लाने गरेका छन् । झाँझपट्टि नाकाबाट संजयले कपडा ल्याउने गरेका छन् । मदिरा पठाउन भगतले मासिक ३ लाख, स्याउको मासिक ४ लाख र कपडाको १ लाखमा डिल गरिएको स्रोत बताउँछ ।
प्रहरी चौकी ठाडीबाट पवन र बास्कीले चुरोट, फेयर एण्ड लभ्ली ओसार पसार गर्दैआएका छन् । ठाडीबाट बाख्रा र खसी नेपालमा तस्करीको माध्यमबाट भित्रने गरेको छ । महिलाहरुको ८–१० जनाको समूहले पनि यो नाकाबाट नेपालमा सामान ल्याउने गरेको छ ।
माडर र खिराउना नाकाबाट दर्विन मर्गेताले कुखुरा र चल्ला भारतबाट नेपाल ल्याउने गरेका छन् । काली र ललिता किरानाका सामान भारतबाट ल्याउने गरेका छन् भने देवन यादवले कपडाको नेपालमा भित्र्याउँछन् । मोहन यादवले कपडा, हार्डवेयर र रजनी गन्धा नेपालतर्फ ओसार्ने गरेका छन् । माथिका चार समूहसँग न्यूनतम १ लाखदेखि रजनीगन्धाको डेढ लाखसम्मको डिलमा लाइन चलाउन दिइएको छ ।
कपडाका नामुद कारोबारी आजाद मिया र प्रमोद यादवलाई मासिक दररेटमै धनुषा र सिरहा कमलापारीबाट लाइन चलाउन दिइएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend