काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले बरिष्ठ सई गोपाल थापामगरलाई राखी ८ वटै जिल्लामा असुली आतंक मच्चाएका छन् । जसका कारण मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै आजित भएका छन् ।
डीआईजी थपलियाका घुमुवा थापामगरले नाका नाकामा ब्यापारीबाट असुली गर्ने र नदिने ब्यापारीको सामान बरामद गर्ने अभियान नै चलाएका छन् । तर बदनाम भने जिल्लाका प्रहरीको हुने गरेको गुनासो एसपीहरुले गर्दैआएका छन् ।
डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दी भएका सई जयलाल यादवलाई धनुषामा घुमुवाका रुपमा खटाएका छन् । जयलालले डीआईजी थपलियालाई मासिक दररेट बुझाउनेगरी खटाएका छन् । धनुषाका एसपी रुगमबहादुर कुँवरका नाममा समेत उनले असुली गर्दैआएको आरोप छ । यद्यपि एसपी कुँवरले भने धनुषाका नाका नाकामा आफैं राति राति गस्तीमा निस्किएर तस्करीको लाइन पूरै बन्द गरेको स्रोत बताउँछ ।
प्रदेशका डीआईजीका नाममा ब्यापारी उमेश साहबाट यादवले केही दिनअघि अढाई लाख लिए । तर ४ दिनअघि २०८२ चैत १ गते प्रदेशका घुमुवा थापामगरले जटही नाकामा तिनै साहको सामान बरामद गरिदिए । र, बरामद गरेको सामानको फोटोसहित आफ्नो फेसबुकमा सेयर गरे । जिल्लाका एसपी र प्रदेशका डीआईजीको जानकारीबिना थापामगरले उक्त सामान बरामद मात्र गरेनन्, बरामद सामानको फोटो फेसबुकमा राखे । थपलियाले तत्कालै उक्त तस्वीर फेसबुकबाट हटाउन लगाएका थिए ।
डीआईजीले धनुषामा खटाएका घुमुवा जयलालमार्फत् घुस लिएको भोलिपल्टै साहको सामान जटहीमा थापामगरले बरामद गरेपछि खैलाबैला मच्चिएको छ । प्रदेशका घुमुवा थापामगरकै सिफारिसमा बोलाउनासाथ नआएको भन्दै फुलगामा प्रहरी चौकीका इन्चार्ज टेकबहादुर कार्कीलाई डीआईजी थपलियाले चैत २ गते जिल्लामा तानिदिए । कार्कीलाई विनाकसूर तानिएपछि प्रदेश र जिल्लाको द्वन्द सतहमा आएको छ ।
फुलगामा चौकीको सेटै परिवर्तन गरिएको र इन्चार्ज कार्कीलाई नै तानिएपछि जिल्लाका एसपी रुगमबहादुर कँुवर तस्करी रोक्न आफैं कस्सिएका छन् । सिरहामा कार्यरत रहेका र डीआईजीले परिचालन गरेका घुमुवा जयलालले जिल्ला प्रहरीका नाममा समेत ब्यापारीबाट दररेट असुली गरिएको कुरा चुहिएपछि उनले राति समेत जिल्लाका नाका नाकामा गस्ती बढाएको स्रोतको दाबी छ ।
७ किलोमिटर भन्दा टाढा रहेको प्रहरी चौकी फुलगामाको टोलीलाई थापामगरले सामान बरामद गरेर बोलाउनासाथ नपुगेको भन्दै तानिएपछि एसपी कुँवर निकै रुष्ट भएका छन् । गाडी पुरानो भएकाले जान ढिला भएकै कारण तान्नुले पनि जिल्लामा असन्तुष्टि बढाएको बताइन्छ । सिरहामा कार्यरत रहेका जयलाल त्यहाँ कति दिन हाजिर छन्, उनको मोवाइलको लोकेसन र कल रेकर्ड अभिलेख हेर्ने हो भने पनि उनी प्रायः धनुषाकै नाका नाकामा तस्करहरुसँग डिल गरिरहेको पाउन सकिने स्रोत बताउँछ ।
धनुषाका एसपीले सिरहामा कार्यरत सईलाई धनुषामा बोलाउन सक्दैनन्, डीआईजीले नै जयलाललाई धनुषामा काम गर्न दिनू भनेर आदेश दिएर उनी परिचालित भइरहेको प्रहरी स्रोत बताउँछ । तर डीआईजी थपलियाले भने जयलालको असुलीको पाटोलाई छोप्ने र आफू पानीमाथिको ओभानो बन्न फुलगामा प्रहरी चौकी इन्चार्जलाई तानेर ढाकछोप गर्न खोजेको आरोप छ । जयलाल यादव लामो समयदेखि मधेश प्रदेशका जिल्लामा घुमुवाका रुपमा कार्यरत रहेका विवादित जुनियर अधिकृत हुन् । उनी उठाउन र बुझाउने कलामा निपूर्ण मानिन्छन् ।
डीआईजीका घुमुवा थापामगरले समन्वय नै नगरी जथाभावी सुटुक्क जाने, तस्करीसँग डिल गर्ने, डिल नमिले समात्ने गर्दा जिल्लाका इन्चार्ज र प्रदेशबीचको सम्बन्धमै दरार आएको छ । धनुषाको प्रतिनिधि घटनामात्र हो, डीआईजी थपलियाका कारण प्रदेशका ८ जिल्लाकै एसपी आजित भएको प्रहरी स्रोत बताउँछ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend