Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेशमा घुमुवा सई थापाको चकचकी, डीआईजी र एसपीबीच दूरी बढ्दै


    मंगलबार, मंसिर २३ २०८२
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् ।

    ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा पोशाकमा खटाइएको छ । दरबन्दी अर्कै प्रदेशमा भएका थापाकै कुरा सुनेर डीआईजीले जिल्लाका प्रहरी तान्ने गर्नाले एसपीसँगको दूरी बढ्न पुगेको बताइन्छ ।

    बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा घुमुवाहरुलाई परिचालन गरी डीआईजीका नाममा असुल्ने गरेको आरोप छ । मंसिर १५ गते धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले १३ लाख ७० हजार बराबारको १ हजार ३७० किलो काजु बरामद गरेको थियो । उक्त काजु जनकपुरका उमेश साह तेलीको थियो ।

    नेपाल प्रहरीका बरिष्ठ सई थापासँग लाइन मिलाएर साहले काजु तस्करी गरेका थिए । तर सशस्त्र प्रहरीले सूचना पाएपछि उक्त काजु बरामद भयो । साह काजुका ठूला कारोबारी हुन् । थापासँग लाइन मिलाएर जनकपुरका मदिरा कारोबारी राजीव महासेठले पनि नेपालबाट भारतमा पठाउने छुट पाएका छन् ।

    महासेठ जनकपुरकै सबभन्दा ठूलो मदिराका कारोबारी हुन् । सुल्तानले पनि थापाबाट आशीर्वाद पाएर भन्सारछलीका काजु निर्वाध भित्र्याउन पाएका छन् । थापाले महोत्तरीमा कालिया नामका ब्यापारीसँग सेटिङ गरी तस्करीको लाइन चलाएका छन् ।

    उनले तस्करीको लाइन चलाएबापतको दस्तुर ढल्केबर र भारतको पिपरियामा लिने गरेको स्रोतले नेपालफेसलाई बताएको छ । डीआईजीको नाम लिएर बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा आफ्ना निकट घुमुवा राखी तस्करीको नेटवर्क चलाएको आरोप छ । बारामा थापाले प्रहरी जवान पवनकुमार कुशवाहलाई घुमुवाका रुपमा राखेका छन् । सर्लाहीमा हवल्दार भाग्यनारायण साह र प्रहरी जवान नुरु होडालाई परिचालन गरेका छन् ।

    थापाले डीआईजीको आडमा जिल्ला जिल्लाबाट सिभिलमा परिचालन गरिएका प्रहरी तान्न लगाउने र कुरा मिले फेरि पठाउने, नमिले गणमा थन्क्याउने काम समेत गरेको आरोप छ । बरिष्ठ सई थापाले मधेशका जिल्लाका एसपी र डीआईजीको सम्बन्ध पनि बिगार्ने काम गरेको आरोप छ ।

    थापा यसअघि चन्द्रकुबेर खापुङ कोशी प्रदेशको डीआईजी हुँदा उनका घुमुवा थिए । निवासमा समेत नआउनेगरी खापुङले उनलाई घुमुवा राखी कोशी प्रदेशबाट लाभ लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार