काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् ।
ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा पोशाकमा खटाइएको छ । दरबन्दी अर्कै प्रदेशमा भएका थापाकै कुरा सुनेर डीआईजीले जिल्लाका प्रहरी तान्ने गर्नाले एसपीसँगको दूरी बढ्न पुगेको बताइन्छ ।
बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा घुमुवाहरुलाई परिचालन गरी डीआईजीका नाममा असुल्ने गरेको आरोप छ । मंसिर १५ गते धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले १३ लाख ७० हजार बराबारको १ हजार ३७० किलो काजु बरामद गरेको थियो । उक्त काजु जनकपुरका उमेश साह तेलीको थियो ।
नेपाल प्रहरीका बरिष्ठ सई थापासँग लाइन मिलाएर साहले काजु तस्करी गरेका थिए । तर सशस्त्र प्रहरीले सूचना पाएपछि उक्त काजु बरामद भयो । साह काजुका ठूला कारोबारी हुन् । थापासँग लाइन मिलाएर जनकपुरका मदिरा कारोबारी राजीव महासेठले पनि नेपालबाट भारतमा पठाउने छुट पाएका छन् ।
महासेठ जनकपुरकै सबभन्दा ठूलो मदिराका कारोबारी हुन् । सुल्तानले पनि थापाबाट आशीर्वाद पाएर भन्सारछलीका काजु निर्वाध भित्र्याउन पाएका छन् । थापाले महोत्तरीमा कालिया नामका ब्यापारीसँग सेटिङ गरी तस्करीको लाइन चलाएका छन् ।
उनले तस्करीको लाइन चलाएबापतको दस्तुर ढल्केबर र भारतको पिपरियामा लिने गरेको स्रोतले नेपालफेसलाई बताएको छ । डीआईजीको नाम लिएर बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा आफ्ना निकट घुमुवा राखी तस्करीको नेटवर्क चलाएको आरोप छ । बारामा थापाले प्रहरी जवान पवनकुमार कुशवाहलाई घुमुवाका रुपमा राखेका छन् । सर्लाहीमा हवल्दार भाग्यनारायण साह र प्रहरी जवान नुरु होडालाई परिचालन गरेका छन् ।
थापाले डीआईजीको आडमा जिल्ला जिल्लाबाट सिभिलमा परिचालन गरिएका प्रहरी तान्न लगाउने र कुरा मिले फेरि पठाउने, नमिले गणमा थन्क्याउने काम समेत गरेको आरोप छ । बरिष्ठ सई थापाले मधेशका जिल्लाका एसपी र डीआईजीको सम्बन्ध पनि बिगार्ने काम गरेको आरोप छ ।
थापा यसअघि चन्द्रकुबेर खापुङ कोशी प्रदेशको डीआईजी हुँदा उनका घुमुवा थिए । निवासमा समेत नआउनेगरी खापुङले उनलाई घुमुवा राखी कोशी प्रदेशबाट लाभ लिएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend