काठमाडौं । गएको भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझआयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सुरक्षा खतरा भएपछि सैनिक ब्यारेकमा राख्न लागिएको छ ।
भक्तपुरको गुण्डुस्थित कार्की निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ र सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कार्कीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी गरिएको हो ।
यसअघि सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर घटनाबारे छलफल गरेका थिए ।
कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend