काठमाडौं । भदौ २३–२४ गतेको आन्दोलन र बिध्वंशको बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन एकांकी र पूर्वाग्रही भएको टिकाटिप्पणी सामाजिक संजालमा प्रकट हुन थालेका छन् ।
कार्की आयोगले भदौ २३ गते संसद भवन आक्रमण गर्न जानेहरुलाई गोली हान्नेलाई कारबाही गर्न सिफारिस गरेको छ । तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, बिशेष अदालतदेखि सबै सरकारी संरचना जलाएको बिषयमा मौन बसेको छ ।
भदौ २३ गते निषेधित क्षेत्र तोडेर संसद भवनमा आक्रमण गर्नेहरुलाई गोली चलाउनेलाई गोली हान्ने, आदेश दिने भनेर नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी अभियोगमा १० बर्ष कैद संजाय गर्न सिफारिस गरेको छ । तर भदौ २४ गते आफ्नै परमाधिपतिको कार्यालय सुरक्षा गर्न नसक्ने, सिंहदरबार सुरक्षा गर्न नसक्ने र समग्र सुरक्षा ब्यवस्था मिलाउन नसक्ने नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देललाई उन्मुक्ति दिएको छ । भदौ २४ को बिध्वंशको बारेमा केही पनि नबोलेकाले कार्की आयोग थप विवादमा परेको छ ।
नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा आयोगका सदस्य हुँदा पनि भदौ २४ मा प्रहरीमाथि लखेटी लखेटी कुटने र हत्या गर्नेहरुको बारेमा केही पनि उल्लेख छैन । प्रहरीचाहिँ नेपाली नागरिक होइनन् भन्ने प्रश्न उठेको छ । प्रहरीको हत्या गर्नेहरुलाई उन्मुक्ति दिइएको छ ।
यसैक्रममा नेकपा(एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब नभएको बताएका छन् ।
बाँस्कोटा लेख्छन्–‘इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान नै । तर त्यो एक तर्फि हुन सक्दैन । र,घटनाहरुमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुदैनन् । कारण, परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सँगै भएकै हुन्छ । कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब छैन ।’
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend