Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन : ओली र लेखकसहित प्रहरी अधिकारीलाई कारबाही गर्न सिफारिस


    आइतबार, फाल्गुन २४ २०८२
    675
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् ।

    प्रधानमन्त्री कार्कीलाई आइतबार आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदौ २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताएका छन् । भदौ २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ ।
    भदौ २३ गते जेनजी आन्दा्ेलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित प्रहरी अधिकारीहरुलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

    भदौ २३ गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गरकेो तथा २४ गते सुरक्षामा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको हो ।

    आयोग स्रोतका अनुसार केही प्रहरीलाई मुद्दा नै चलाउन सिफारिस गरिएको छ । त्यस्तै, केहीको हकमा भने विभागीय कारबाहीको सिफारिस भएको छ ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार