काठमाडौं । गएको भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् ।
प्रधानमन्त्री कार्कीलाई आइतबार आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदौ २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताएका छन् । भदौ २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ ।
भदौ २३ गते जेनजी आन्दा्ेलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित प्रहरी अधिकारीहरुलाई कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।
भदौ २३ गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गरकेो तथा २४ गते सुरक्षामा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको हो ।
आयोग स्रोतका अनुसार केही प्रहरीलाई मुद्दा नै चलाउन सिफारिस गरिएको छ । त्यस्तै, केहीको हकमा भने विभागीय कारबाहीको सिफारिस भएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend