गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि नै बाहिरिएको छ, जसले राजनीतिक र सुरक्षा वृत्तमा तरंग पैदा गरेको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरिदिएका छन् ।
सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि बाहिरिएको विवरणअनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गम्भीर निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ ।
आयोगले एकातिर उच्च राजनीतिक र सुरक्षा नेतृत्वलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको छ भने अर्कोतर्फ हिंसात्मक परिस्थितिमा महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई सम्मान गर्न पनि सुझाएको छ ।
प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटीका मधु थापा, मालिगाउँ बृत्तका सुनिलजंग शाह, महाराजगन्ज बृत्तका चिनीमाया तामाङ, जनसेवाका कृष्णकुमार चन्द र ठिमीका नवराज ढुंगानासहित ६ डीएसपीलाई पुरस्कार सिफारिस गरिएको छ ।
त्यसैगरी, कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई पनि सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन योगदान गरेको भन्दै सम्मानका लागि सिफारिस गरिएको छ ।
प्रतिवेदनको पूर्णपाठ :
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend