गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि नै बाहिरिएको छ, जसले राजनीतिक र सुरक्षा वृत्तमा तरंग पैदा गरेको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरिदिएका छन् ।
सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि बाहिरिएको विवरणअनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गम्भीर निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ ।
आयोगले एकातिर उच्च राजनीतिक र सुरक्षा नेतृत्वलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको छ भने अर्कोतर्फ हिंसात्मक परिस्थितिमा महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई सम्मान गर्न पनि सुझाएको छ ।
प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटीका मधु थापा, मालिगाउँ बृत्तका सुनिलजंग शाह, महाराजगन्ज बृत्तका चिनीमाया तामाङ, जनसेवाका कृष्णकुमार चन्द र ठिमीका नवराज ढुंगानासहित ६ डीएसपीलाई पुरस्कार सिफारिस गरिएको छ ।
त्यसैगरी, कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई पनि सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन योगदान गरेको भन्दै सम्मानका लागि सिफारिस गरिएको छ ।
प्रतिवेदनको पूर्णपाठ :
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend