काठमाडौं । भदौ २३–२४ गतेको जेनजी आन्दोलन र बिध्वंशको बारेमा छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा त्रुटि नै त्रुटि देखिएको छ ।
सरकारले सार्वजनिक नगरेको र जनआस्था साप्ताहिकमार्फत् सार्वजनिक भएको उक्त प्रतिवदेनमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेको थर नै परिवर्तन गरी कार्की बनाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नामै अर्कै लेखिएको छ । उनको नामै फेरेर कार्की आयोगले राज्यलक्ष्मी चित्रकार बनाइदिएको छ ।

बागमती प्रदेशको सदरमुकाम मकवानपुरलाई कोशी प्रदेशमा पुर्याइदिएको छ । प्रतिवेदन तयार गर्ने क्रममा कम्प्युटर टाइप गर्नेले समेत मकवानपुर कुन प्रदेशम पर्दछ भन्ने सामान्य ज्ञान राख्नुपर्ने हो । तर लापरबाही र त्रुटि गरेको देखिन्छ ।
अमेरिकामा बसी भदौ २४ गते सामाजिक संजालमा भ्रामक सूचना फैलाई भीडलाई उकास्ने सोसल मिडिया इन्फु्लुएन्सर टंक ढकालको थर परिवर्तन गरी दाहाल बनाइदिएको छ । यी र यस्ता धेरै त्रुटि कार्की आयोगको प्रतिवेदनमा छन् । सामाजिक संजालमा कार्की आयोगले कति हचुवाका आधारमा प्रतिवेदन तयार गरिएको रहेछ भनेर टिकाटिप्पणी ब्यापक भइरहेका छन् ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend