काठमाडौं । भदौ २३–२४ गतेको जेनजी आन्दोलन र बिध्वंशको बारेमा छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा त्रुटि नै त्रुटि देखिएको छ ।
सरकारले सार्वजनिक नगरेको र जनआस्था साप्ताहिकमार्फत् सार्वजनिक भएको उक्त प्रतिवदेनमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेको थर नै परिवर्तन गरी कार्की बनाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नामै अर्कै लेखिएको छ । उनको नामै फेरेर कार्की आयोगले राज्यलक्ष्मी चित्रकार बनाइदिएको छ ।

बागमती प्रदेशको सदरमुकाम मकवानपुरलाई कोशी प्रदेशमा पुर्याइदिएको छ । प्रतिवेदन तयार गर्ने क्रममा कम्प्युटर टाइप गर्नेले समेत मकवानपुर कुन प्रदेशम पर्दछ भन्ने सामान्य ज्ञान राख्नुपर्ने हो । तर लापरबाही र त्रुटि गरेको देखिन्छ ।
अमेरिकामा बसी भदौ २४ गते सामाजिक संजालमा भ्रामक सूचना फैलाई भीडलाई उकास्ने सोसल मिडिया इन्फु्लुएन्सर टंक ढकालको थर परिवर्तन गरी दाहाल बनाइदिएको छ । यी र यस्ता धेरै त्रुटि कार्की आयोगको प्रतिवेदनमा छन् । सामाजिक संजालमा कार्की आयोगले कति हचुवाका आधारमा प्रतिवेदन तयार गरिएको रहेछ भनेर टिकाटिप्पणी ब्यापक भइरहेका छन् ।

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend