मधेश प्रहरी कार्यालय, इन्सेटमा डीआईजी गोविन्द थपलिया र बरिष्ठ सई गोपाल थापामगर
काठमाडौं । मधेश प्रदेशमा प्रहरी पैसा कमाउनका लागि सरुवा हुने गरेको सार्वजनिक अभिब्यक्ति दिएका डीआईजी गोविन्द थपलिया आफैंले एक बरिष्ठ सईलाई काजमा ल्याएर घुमुवाका रुपमा आठ वटै जिल्लामा सेटिङमा परिचालन गरेका छन् ।
गएको मंसिरमा मधेश प्रहरी प्रमुख डीआईजी थपलियाले पैसा कमाउनका लागि मधेशमा प्रहरी सरुवा हुने गरेको अभिब्यक्तिको भिडियो सामाजिक संजालमा छरपष्ट भएको थियो । आफ्नै मातहतका प्रहरीलाई पैसा कमाउनका लागि मधेशमा आएको आरोप लगाएका डीआईजी थपलियाले भने सरुवा हुँदा सँगै बरिष्ठ सई गोपाल थापा मगरलाई समेत प्रदेशमा लिएर गएका थिए ।
प्रदेशमा दरबन्दीकै अधिकृत र जुनियर अधिकृत हुँदाहुँदै उनले काठमाडौंबाट बरिष्ठ सई थापामगरलाई लगेर सादा पोशाकमा घुमुवाका रुपमा ८ वटै जिल्लामा असुलीमा लगाएको आरोप छ । अरुलाई पैसा कमाउन मधेशमा आएको भन्ने डीआईजी थपलियाले आफूले सरुवा हुँदा सँगै थापा मगरलाई किन लगेका हुन् त भन्ने प्रश्न उठेको छ ।
काजमा लगिएका डीआईजी थापामगरका घुमुवा सई थापामगरले मधेशका रौतहट, सर्लाही बारा, पर्सासहित सबै जिल्लामा घुमुवा राखेको स्रोेत बताउँछ । डीआईजीका विश्वासपात्र थापाले जिल्लाका घुमुवालाई प्रदेशमा बोलाउने, प्रदेशमा मासिक बुझाउन कबोल गर्नेलाई फिर्ता पठाउने, तयार नहुनेलाई गणमा खटाउने गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयले खटाएका सादा पोशाकका प्रहरी प्रदेशबाट तान्दा एसपीहरु समेत रुष्ट भएका छन् ।
यसैबीच, डीआईजीका घुमुवा थापाको सेटिङमा ब्यापारी बिजय यादवले सर्लाहीको बलराबाट माछाको ब्यापक तस्करी गर्दैआएका छन् । भारतीय माछा सर्लाहीका नाकाबाट भित्रँदा माछामा आत्मनिर्भर हुँदै गएको नेपालको बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको छ । भारतमा माछापालक किसानलाई सरकारले दानादेखि सबै खालका अनुदान दिएकाले उत्पादन सस्तो पर्दछ । तर नेपालमा अनुदान पर्र्याप्त नदिएकाले नेपाली मत्स्य ब्यवसायीहरु भारतबाट आउने माछासँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।
भारतबाट लास नकुहाउनका लागि प्रयोग गरिने फर्मालिन नामक बिषादी प्रयोग गरिएका माछा भित्रने गरेका छन् । जुन माछा मानव स्वास्थ्यका लागि घातक छ । भारतबाट तस्करीको माध्यमबाट भित्रने र नसडोस् भनेर फर्मालिन हालिएको माछा सर्लाहीको बलराबाट भित्र्याई नारायणगढ हुँदै काठमाडौं लगायतका सहरमा पुर्याउने गरिएको छ ।
बिजय यादवले भन्सार छली गरी हरेक दिन १० पिकअप भन्दा बढी भारतीय माछा नेपालमा भित्र्याउने गरेका छन् । नेपाल प्रहरीमात्र होइन, सशस्त्र प्रहरी बल सबैतिर सेटिङ मिलाएर बिजय यादवले फर्मालिन जस्तो घातक रसायन हालिएको हानिकारक माछा टनका टन नेपाल भित्र्याउने गरेका छन् ।कुखुराको दानासमेत बिजय यादवले ट्याक्टरमा लोड गरी भन्सारछली गरी भित्र्याउने गरेका छन् ।

यसका अतिरिक्त सर्लाहीका बहादुरपुर, मधुवनी, बलराको नाका हुँदै नेपालबाट कवाडी, मदिरा, स्याउ, सुपारी, काँक्राको बियाँ भारततर्फ तस्करीका माध्यमबाट जाने गरेको छ ।
त्यसैगरी रौतहटको बंकुल नाकाबाट उमाशंकर साहले तस्करीको नेटवर्क चलाएका छन् । बंकुल नाकाबाट पनि भारतीय माछा भित्रने गरेको छ । डीआईजी थपलियालाई सर्लाहीबाट माछा तस्करी भइरहेकोबारेमा सूचना दिंदा पनि उनले बेवास्ता गरेको सर्लाहीका स्थानीयको गुनासो छ ।
पर्साको बीरगंजमा पनि डीआईजीका घुमुवाले केही दिनअघि घुमुवाको बारेमा चासो राखेर सेटिङ मिलाएका थिए । तर डीआईजीको भाग नपुगेको भन्दै घुमुवा तानिएपछि फेरि बढाएर सेटल गरिएको स्रोत बताउँछ । सेटल भएपछि प्रदेशबाट तानिएका घुमुवा जनकपुरमै नपुगी होटलबाटै फिर्ता भएका थिए ।
तस्करी गरी यसरी भित्रन्छ भारतीय माछा
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend