काठमाडौं । जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको सरकारका मन्त्रीहरु नियुक्ति र सरुवामा बढी केन्द्रित हुने गरेका छन् ।
निर्वाचन आचारसंहिता लाग्नुअघि नियुक्ति, सरुवा–बढुवा गर्नुलाई स्वभाविक मानिएला । तर जेनजीका मन्त्रीहरु निर्वाचन आचारसंहिता लागेपछि पनि सरुवा, बढुवा र नियुक्तिमा लागेका छन् । अब एक महिनामा सरकारबाट बिदा हुनुपर्ने भएपछि उनीहरु नियुक्तिमा तल्लीन भएका छन् ।
विगतको सरकारले कार्यकर्ता भर्ति गरेकोमा चर्को आलोचना हुने गरेकोमा नागरिक सरकारका मन्त्रीहरु समेत त्यही पथ अनुशरण गर्दै कार्यकर्ता भर्ति गरी कोषलाई थप ब्ययभार थोपर्न लागेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार समेत सम्हालेका र कानुन पृष्ठभूमिबाट आएका अनिलकुमार सिन्हाले निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि आफूनिकट ब्यक्तिहरुलाई नियुक्ति गर्न लागेका छन् ।
जेनजी बिद्रोहपछि गठन भएको सरकारको मूख्य कार्यभार सुशासन थियो । तर विगतको सरकारले समेत नगरेको कार्यकर्ता भर्ति गर्न न्यायाधीश रहिसकेका पर्यटन मन्त्री सिन्हाले चर्को दबाब दिएपछि कोष संचालक परिषदले आइतबार बस्ने बैठकमा उनीहरुको नियुक्तिको लागि प्रस्ताव पेश गर्न लागेको छ ।
कोषलाई कानुनी सल्लाहकारदेखि विज्ञका नाममा भर्तिकेन्द्र बनाउन लागिएको कोषका एक अधिकारी बताउँछन् । मन्त्री सिन्हा अध्यक्ष रहेको पशुपति विकास कोष संचालक परिषदमा आवश्यक नै नभएको विज्ञ र कानुनी सल्लाहकार नियुक्तिका लागि माघ १८ गते आइतबार बैठक बोलाइएको छ ।
पर्यटन मन्त्री सिन्हाको दबाबमा आइतबार बोलाइएको कोष संचालक परिषदको बैठकमा पाँच ब्यक्तिलाई कानुनी सल्लाहकार र बिज्ञमा नियुक्ति गर्न लागिएको छ । आइतबार बस्न लागेको कोष संचालक परिषदको बैठकले कानुनी सल्लाहकारमा २ जना र विज्ञ भन्दै ३ जनालाई भर्ति गर्न लागेको छ ।
कोषले कानुनी सल्लाहकारमा खगेन्द्र सुवेदी र रुद्रप्रसाद पोखरेल, सम्पदा संरक्षण कानुनी विज्ञमा संजय अधिकारी, नक्षत्र, वास्तु तथा वाटिका विज्ञमा अर्जुन भूसाल, सुरक्षा विज्ञमा शैलेन्द्रकुमार श्रेष्ठलाई भर्ति गर्न लागेको छ ।
निर्वाचन आचारसंहिता लागिसकेपछि कानुनी सल्लाहकार र विज्ञको जम्बो टोलीको नियुक्ति गर्न लाग्नुभएको रहेछ भन्ने प्रश्नमा पशुपति क्षेत्र विकास कोष संचालक परिषदका कार्यकारी निर्देशक सुभासचन्द्र जोशीले भने–प्रस्तावको रुपमा लागि लागिएको हो । छलफलको बिषय हो । नियुक्ति भइसकेको छैन । यी कानुनी सल्लाहकार र विज्ञ नभए कोषको कामै ठप्प हुन्छ र निर्वाचन आचारसंहिता लागू भइसकेपछि नियुक्ति गर्न लाग्नुभएको हो भन्ने जिज्ञासामा उनले फेरि भने– ‘प्रस्ताव मात्र लान लागिएको हो, छलफलमै छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हासँग निर्वाचन आचारसंहिता लागू भइसकेपछि पशुपति विकास कोषमा कानुनी सल्लाहकार र विज्ञ नियुक्ति गर्न लागेकोबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend