Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री सिन्हाले परराष्ट्र र पर्यटन मन्त्रालयको समेत जिम्मेवारी पाउँदै, कुलमानलाई खानेपानी थपिने


    आइतबार, कार्तिक ९ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई थप दुई वटा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । सिन्हाले सम्हालेको भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई मन्त्री नियुक्ति गरी दिने भनिए पनि अन्तिम समयमा उनको सपथ नै रोकिन पुगेको छ ।

    भूमिब्यवस्था मन्त्रालयको जिम्मेवारी अर्कै मन्त्रीलाई दिएर पर्यटन र परराष्ट्र मन्त्रालयको थप जिम्मेवारी सिन्हालाई दिने तयारी प्रधानमन्त्री सुशीला कार्कीको छ ।

    अंग्रेजी भाषामा दख्खल रहेको र आफूसँगै न्यायक्षेत्रमा काम गरेका कारण प्रधानमन्त्री कार्कीले सिन्हालाई बढी बिश्वास गरेर परराष्ट्र र पर्यटन जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी समेत दिन लागेकी हुन् ।

    यसैबीच, खानेपानी मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री कुलमान घिसिङलाई दिन लागिएको छ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकाससहित सबै विकासे मन्त्रालयको जिम्मा पाएका घिसिङलाई खानेपानी मन्त्रालयसमेत दिन लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार