काठमाडौैं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ४ वटा मन्त्रालयको भारी बोकाइएको छ । चार वटा मन्त्रालय चाहार्दाचाहार्दै उनको दिन बित्ने गरेको छ ।
मन्त्रालय मातहतका बिभागीय प्रमुखहरु भने यही मौकामा कमाउधन्दामा लिप्त हुँदैआएका छन् । निर्वाचनको मौकामा ब्यापारीहरुले खाद्यबस्तु, फलफूल, तरकारी, खानेतेल लगायतका उपभोग्य सामग्रीको अचाक्ली मूल्यबृद्धि गरेका छन् । तर कालोबजारी र अत्यधिक मूल्यबृद्धिको अनुगमन गर्ने दायित्व बोकेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग निकम्मा बनेको छ ।
बाणिज्य बिभाग निकम्मा बन्दा बजारभाउ अनियन्त्रित हुन पुगेको छ । बजार अनुगमन र मूल्यबृद्धि नियन्त्रणका लागि दबाब दिनका लागि च्याउसरी खुलेका उपभोक्तावादी संघसंस्थाहरु उद्योगी ब्यापारीसँगै मिलेका कारण कालोबजारी फस्टाइरहेको छ ।
बजार नियन्त्रणका लागि निर्देशन दिनुपर्ने बाणिज्य मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको कार्यकाल १ महिना पनि छैन । उनी फागुन २७ गते अवकाशमा जाँदैछन् । बाणिज्य बिभागका महानिर्देशक रोशन ज्ञवाली मन्त्री र सचिवको कमजोरीको लाभ उठाउँदै देखावटी बजार अनुगमन गरी कालोबजारी गर्नेहरुसँग फाइदा उठाउन ब्यस्त रहेको आरोप छ ।
बाणिज्य मन्त्रालयले बिभागको कमजोर बजार अनुगमनका बारेमा कुनै प्रश्न नै उठाउन सकेको छैन । बाणिज्य बिभाग यति कमजोर इतिहासमा कहिल्यै नभएको बिभागका पुराना कर्मचारीहरु बताउँछन् । उपभोक्ता अदालत गठन भएको १ बर्ष पुगिसक्दा बाणिज्य बिभागले एउटा पनि मुद्दा दर्ता गर्नसकेको छैन । जसले बिभागको नेतृत्व बजार अनुगमन गर्नेभन्दा पनि कालाबजारीयासँग लाभ लिनमात्र तल्लीन भएको पुष्टि गर्दछ ।
महानिर्देशकका रुपमा ज्ञवाली बिभागमा बहाली भएदेखि हालसम्मका बजार अनुगमनको अभिलेख हेर्ने हो भने सून्यप्रायः छ । अनुगमन गरिएकोमा पनि गम्भीर त्रुटिमा १ हजार रुपैयाँ जरिवाना तोकेर झारा टार्ने काममात्र भएको छ ।
अघिल्ला महानिर्देशक कुमारप्रसाद दाहालले बिभागमा हुँदा गरेको प्रभावकारी अनुगमनले बाणिज्य बिभागले चाहे कालोबजारी नियन्त्रण गर्नसक्दोरहेछ भन्ने नजिर स्थापित गरेको थियो । उनको कार्यकालमा कम तौलका गुट्खा बजारमा बिक्री गर्दैआएको कमलकिशोर मालपानीको श्रीराम टोबाको कम्पनीको डिलरमा छापा हानेका थिए ।
ठूला स्कुलदेखि चौतर्फी भएको उपभोक्ता ठगीमा उनले एक्सन लिएका थिए । तर रोशन ज्ञवाली आएपछि बाणिज्य बिभागको अनुगमन नै ठप्पजस्तै छ । बिभाग एक किसिमले प्यारालाइज जस्तै भएकाले बजार अनियन्त्रित भएको छ ।
स्थानीय तहको प्रमुख प्रशासकीय हुँदा ठेक्का र डीपीआरमा कमिसन खान पल्किएका ज्ञवाली बाणिज्य बिभागमा पनि ब्यापारीसँग लाभ लिनमात्र लाग्दा उपभोग्य सामानको मूल्यबृद्धि अचाक्ली भएको छ ।
उद्योग बिभागका महानिर्देशकबाट राजेश्वर ज्ञवालीको सरुवा गर्दा रोशनलाई पनि बाणिज्यबाट हटाउने तयारी गरिएको थियो । तर केही ब्यापारीको दबाबमा परेर मन्त्री सिन्हा उनलाई सरुवा गर्नबाट पछि हटेको स्रोत बताउँछ । मन्त्री सिन्हाका निजी सचिव सरोज पोखरेलले नै बाणिज्य बिभागका महानिर्देशकलाई चलाउने गरेको आरोप छ ।
दैनिक रुपमा ज्ञवालीले पोखरेललाई नै बिभागको गतिबिधिका बारेमा अद्यावधिक गराउँदैआएका छन् । मन्त्री, सचिव र निजी सचिवलाई दिनहुँ चाकरी गरी पद जोगाउँदै आएका रोशन ज्ञवालीको कार्यकाल कालाबजारीया ब्यापारी र उपभोक्तावादी संघसंस्थाका लागि स्वर्णकाल जस्तै भएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend