काठमाडौं । निर्वाचन आचारसंहिता जारी हुनुपूर्व बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा सरुवा गरेको थियो । सरुवा भएको समाचार मन्त्रीपरिषद बैठकबाटै लिक भई बिभिन्न संचारमाध्यममा आयो ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका सचिव विश्वबाबु पुडासैनीलाई सामाजिक संजालदेखि फोनमा बधाइ ग्रहण गर्न भ्याई नभ्याई ने भयो । तर पुडासैनीको सरुवा मिडियामा मात्र सीमित हुन पुग्यो । मुख्यसचिव सुमनराज अर्यालले सचिव सरुवाको निर्णय नै प्रमाणीकरणमा ढिलाइ गर्दा सचिव शर्माले खेल्ने मौका पाए ।
मन्त्रिपरिषदबाट निर्णय भएको सूचना प्रमाणीकरण नहुँदै मुख्यसचिव अर्यालले शर्मालाई चुहाइदिए । त्यसलगत्तै शर्माले भौतिक पूर्वाधार मन्त्रालयको समेत कार्यभार सम्हालेका वन मन्त्री माधव प्रसाद चौलागाईलाई प्रभावमा पारी सरुवा रोकाउन सफल भएका थिए ।
मन्त्री चौलागाईले आफ्नो कार्यकाल करिब २ महिनामात्र बाँकी रहेको हुँदा नयाँ सचिव पुडासैनीसँग काम गर्न नसक्ने जनाउ प्रधानमन्त्री सुशीला कार्की र मुख्यसचिव अर्याललाई भेटेरै दिएपछि सरुवाको निर्णय प्रमाणीकरण हुन रोकिएको हो ।
आगामी चैतमा अवकाश हुन लागेका सचिव शर्माले २ महिना सरुवा नगरिदिन हारगुहार नै गरेका थिए । त्यतिमात्र होइन, शर्माले सरुवा रोक्न प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ, मुख्यसचिव अर्याल र मन्त्री चौलागाईलाई उनीहरुको माग अनुसारको काम गरिदिने सर्तनामा गरेको चर्चा भौतिक मन्त्रालयमा हुँदैआएको छ ।
सचिव बढुवा भएको २७ महिनापछि बल्लबल्ल आकर्षक बिकासे मन्त्रालयमा सरुवा मिलाएका पुडासैनी मिडियाको समाचारमै चित्त बुझाउनुपर्ने अवस्था बनेको छ । सचिव पुडासैनीले सरुवाको पत्र पाउनुपर्यो भनेर मुख्यसचिवकोमा पटक–पटक पुगेका र अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले अब निर्णय प्रमाणीकरण गर्न नसक्ने लाचारी देखाएपछि उनी निराश हुनुपरेको छ ।
मुख्यसचिव अर्यालले सरकारलाई असहयोग गरेको भन्दै निवर्तमान संचार मन्त्री जगदिश खरेलले प्रधानमन्त्रीसम्म नै पटक पटक गुनासो गरेका थिए । संचार मन्त्रालयका सचिव राधिका अर्यालको सरुवा गराउन मन्त्री खरेल बिगत २ महिनाअघि देखि लागेका थिए । तर मुख्यसचिव अर्यालकै कारण मन्त्रिपरिषदले निर्णय गरेपछि राधिकाको सरुवा हरेक पटक रोकिंदैआएको थियो ।
मन्त्री खरेलले धेरै नै गुनासो गरेपछि आचारसंहिता लागू हुनु अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकबाट भने राधिकाको सरुवा मुख्यसचिव अर्यालले गर्न बाध्य भएका थिए । सचिव सरुवा गरेर टेलिकमको ४ अर्बको बिलिङ ठेक्का रद्द गरेर मन्त्री खरेल भने राजीनामा दिई ललितपुर २ मा रास्वपाको उम्मेदवारी भएका छन् । ठेक्का रद्दका क्रममा मन्त्रीले चलखेल गरेको आरोप छ ।
बिलिङ ठेक्का पृथ्वी सुब्बा गुरुङ मन्त्री हुँदा नै प्राविधिक प्रस्ताव खोलेर हुवावेलाई मात्रै पास गराइएको थियो । आर्थिक प्रस्ताव खोल्ने मिति २०८२ असोज ८ गते केपी ओली सरकार ढलेपछि बिलीङ ठेक्का अलपत्र परी अन्ततः रद्द नै भएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend