काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा एक बिचौलिया र सचिव विश्वबाबु पुडासैनीबीच हात हालाहाल भएको छ । पुडासैनी खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा गाभिएपछि त्यहाँका दुई सचिवमध्ये एक हुन् ।खानेपानी मन्त्रालय नगाभिंदैको बिषयमा कमिसनको भागबण्डा नमिल्दा सोमबार साँझ सचिव पुडासैनी र शाहीको विवाद हात हालाहालमा पुगेको मन्त्रालय सम्बद्ध स्रोत बताउँछ । शाहीले पुडासैनीसँग मिलेर खानेपानीका विभिन्न ठेक्का सेटिङमा संलग्न रहेको र कमिसनमा हिसाबकिताव नमिल्दा विवाद भएको थियो ।
कमिसन विवादको विषयमा सचिव पुडासैनी, खानेपानी बिभागका महानिर्देशक कमलराज श्रेष्ठ र बिचौलिया शाही बीच कुटाकुट भएको थियो ।
प्रहरीले सचिव पुडासैनीमाथि दुव्र्यवहार गरेको आरोपमा बिचौलिया उपेन्द्र शाहीलाई सिंहदरबार प्रहरी गुल्मले पक्राउ नै गर्नुपर्ने परिस्थिति निर्माण भएको थियो । सचिव पुडासैनी र बिचौलिया शाहीबीच लामो समयदेखि पुरानो चिनजान भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पुडासैनी र शाहीबीच विवाद हुँदा कार्यकक्षमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ पनि उपस्थित थिए ।
सचिव पुडासैनी र शाहीबीच लामो समयदेखिको सेटिङ हुने गरेको र सेटिङ भएका ठेक्काको कमिसनको विषयलाई लिएर विवाद भएको थियो ।
विवादले उग्र रुप लिएपछि बिचौलिया शाहीले सचिव पुडासैनीमाथि झम्टिएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी वृत्त सिंहदरबारको टोली गएर शाहीलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं परिसरले मंगलबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ ।
सचिव पुडासैनी यसअघि खानेपानी मन्त्रालयका सचिव थिए । सो मन्त्रालय मर्ज भएर पूर्वाधार विकास मन्त्रालय बनेको हो ।
उनी खानेपानी सचिव हुँदा शाहीसँग मिलेर विभिन्न ठेक्कामा सेटिङ गरेका थिए । अहिले त्यही सेटिङको कमिसन विवादमा कुटाकुट भएको स्रोत बताउँछ ।
उच्च प्रशासनसँग सम्बन्ध बनाएका शाही बदनाम बिचौलिया हुन् । यसअघि चक्रबहादुर बुढा राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा बुढाकै मोबाइलबाट फोन गरेर व्यापारीलाई धम्काएको विषयमा उनी विवादमा परेका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend