Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चार सचिवको सरुवा : सामान्यमा चन्द्रकला, भूमिब्यवस्थामा भूजेल


    मंगलबार, मंसिर ९ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले ४ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्ति गरेसँगै ४ सचिवको पनि सरुवा गरेको छ ।

    भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । मधेश प्रदेशका प्रमुख सचिव मदन भूजेललाई भूमिब्यवस्था मन्त्रालयमा सरुवा भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रविलाल पन्थ राष्ट्रिय योजना आयोगमा पुगेका छन् । कोशी प्रदेश प्रमुख सचिवबाट चन्द्रकला पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएकी छन् ।

    रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएसँगै खाली भएको हो । योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अवकाश भएपछि रिक्त रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार