काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मनोनयन गर्ने दिन पर्सा जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेपछि उनी निर्वाचन कार्यालयमा उम्मेदवारी दिन जान पाएनन् ।
आजै पर्सा जिल्ला अदालतले लामिछानेसँग धरौटी माग गरेको छ भने काठमाडौं र रुपन्देहीमा पनि उनको सहकारी ठगीको मुद्दा चलिरहेको छ ।
उनी पर्सा जिल्ला अदालतमा धरौटी बुझाउन पुगेकाले उम्मेदवारी मनोनयनमा त पुग्न नसकेपछि सामाजिक संजालमा लामिछानेले आफूमाथि गरेको गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने भावुक स्टाटस पोष्ट गर्दै लेखेका छन्–‘ देश निर्वाचनमय छ ।
देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा (पर्सा, काठमाण्डौ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ ।
अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ ।
म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू ।
मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ । म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु । फेरि पनि भन्छु म अभिमन्यु होइन।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend