काठमाडौं । नक्कली नोट छाप्ने गिरोहका ६ जना पक्राउ परेको छ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट १ हजारको नक्कली नोट ९३ थानसहित ६ जना मानिसहरू लाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले नक्कली नोट छाप्ने र त्यो नोट कारोबारमा संलग्नता देखिन आएका बारा, कलैया उपमहानगरपालिका २ कबलपुर बस्ने वर्ष २८ को गौरी शंकर यादवलाई नियन्त्रणमा लिई उक्त बरामद गरिएको नक्कली नोटहरूको बारेमा सोधपुछ गरेको थियो ।
यादवसँग सोधपुछका क्रममा बारा, फेटा गाउँपालिका ३ घर भई भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा गरी बस्ने वर्ष २८ का रविकुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र २०८२ पुस २० गते नक्कली नोट नेपालमै छाप्नका लागि आवश्यक सामग्रीहरू नेपाल ल्याउने भनी बताएका थिए ।
उक्त मितिमा BR05AF2511 नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडी सिटमा राखी नक्कली नोटहरू छाप्ने मेसिन, बनाउने कम्प्युटर लगायत प्रिन्टिङ मेसिन भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली नोट छाप्ने समूहको साथबाट BR05AF2511 नम्बरको भारतीय प्लेट नम्बर भएको बुलेट मोटरसाइकल, ५ वटा गड्डीमा भारतीय रुपैयाँ ५ सय दरका ३१७ वटा नोटहरू, L.G. कम्पनीको Monitor १ थान, Zeb ion लेखिएको कीबोर्ड, हेड फोन, माउस १–१ थान र
केवल तार १ थान बराममद भएका छन् ।
त्यसैगरी, VIVO कम्पनीको मोबाइल १ थान, H.P. कम्पनीको कलर प्रिन्टर १ थान,. Fingers लेखिएको CPU १ थान,
M-Audio लेखिएको बक्स १ थान, HP 19A Cyam laser toner ८ थान , U.S. 9mm m9-P.BERETTA लेखिएको नक्कली पेस्तोल १ थान, लालीगुराँसको वाटरमार्क छापिएको १ हजार लेखिएको कागज १ थान र सादा कागज ७५ गरी जम्मा २५५ थान बराामद गरेको छ ।
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । गएको भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको...
काठमाडौँ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend