काठमाडौं । सडक विभागले संचालन गरिरहेका देशकै लाइफलाइन सडक मानिएका सबै योजनाहरू यतिबेला अलपत्र अवस्थामा छन् । तर विभागका महानिर्देशक रामहरि पोखरेललाई यो विषयले छोएको छैन । उनी भने विदेश भ्रमणमा मस्त छन् । विभागको इतिहासमै पोखरेल कमजोर महानिर्देशकको रूपमा चिनिएका छन् । उनले दिएको निर्देशनलाई विभाग मातहतकै कर्मचारीहरुले टेर्दैनन् ।
विभागमा अक्षम भनेर चिनिएका महानिर्देशक पोखरेल विदेश भ्रमण्मा तल्लीन छन् । आर्थिक वर्ष सकिनु भन्दा करिब १५ दिनअघि पोखरेल विभागको महानिर्देशकको कुर्सीमा पदभार ग्रहण गरेका थिए । सामान्यतया आर्थिक वर्ष सकिनु भन्दा १५ दिनअघि महानिर्देशक सरुवा गरिंदैन । तर उनको हकमा भने विगतको सबै परम्परा तोडियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको निकट सम्बन्ध छ । यही सम्बन्धका आधारमा पोखरेल विभागको महानिर्देशक भएका हुन् । उनी महानिर्देशक हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ थिए । महासेठले आर्थिक बर्ष समाप्त हुने १५ दिनअघि पोखरेललाई पठाएर तत्कालीन महानिर्देशक सुशीलबाबु ढकालमाथि अन्याय गरेका थिए ।
विभागका एक कर्मचरी भन्छन्–‘परम्परा विगार्ने काम स्वयम् पोखरेलले गर्नुभएको हो ।’ महानिर्देशक भएयता पोखरेलले थाइल्याण्ड, कोरिया लगायतका देशको भ्रमण गरिसकेका छन् । कात्तिकको तेस्रो हप्ता थाइल्याण्ड र मंसिरको दोस्रो हप्ता कोरिया पुगिसकेका छन् । उनी दुबै देशमा एक-एक हप्ता बसेका थिए ।
देशकै लाइफलाइन सडक नारायणघाट–बुटवल, मुगलिङ–पोखरा–नागढुंगा–नौविसे, नौविसे–मलेखु सडक अलपत्र अवस्थामा छन् । यी सडक देशका लागि निकै दूरगामी महत्वका सडक हुन् । यी सबै सडक अलपत्रझैं छन्, काम ठप्प छन् । सडकभरी जहाँतहीँ खनिएको छ । खाल्डाखुल्डीमात्र छन् । यात्रुहरू र सवारी साधनले निकै सास्ती भोगिरहनुपरेको छ । सडक अलपत्र हुँदा सवारी दुर्घटना बढेको बढ्यै छ ।
काम अघि बढाउन पोखरेलले चासो राखेका छैनन् । बीपी राजमार्गको पुननिर्माण कहिले हुन्छ, यसको टुगो लागेको छैन । आगामी वर्षायाममा पनि बीपी राजमार्गको पुननिर्माण नहुने निश्चितझैं भएको छ । यस विषयमा पनि पोखरेलाई मतलब छैन । यता ठेकेदारहरूले सम्पन्न भएका आयोजनाको भुक्तानी पाउन सकेका छैनन् । ३ अर्ब रुपैयाँ अझै ठेकेदारहरुले पाउन सकेका छैनन् । समयमा पैसा नपाउँदा ठेकेदारहरु विचल्लीमा परेका छन् । यस विषयमा पनि पोखरेलले चासो राखेका छैनन् । ठेकेदारहरुलाई पैसा दिलाउन पोखरेलले काम अघि बढाएका छैनन् । ‘यी सबै कारणहरुले महनिर्देशकज्यू पूर्णरूपमा असफल सावित हुनुभएको छ’ विभागका एक उच्च कर्मचारी भन्छन्–‘उहाँकै कारण विभाग बद्नाम हुने स्थितिमा पुगेको छ ।’
पोखरेल महानिर्देशक हुुनुभन्दा पहिले विभागकै उपमहानिर्देशक तथा योजना महाशाखाका प्रमुख थिए । त्यो पनि विभागको आकर्षक ठाउँ हो । उनले १५ दिनसम्म धैर्य राख्न सकेनन् । आर्थिक वर्ष सकिनु भन्दा १५ दिनअघि नै महानिर्देशकको कुर्सीमा बस्न उनलाई हतार भयो । यसकै परिणाम विभागले अहिले भोगिरहेको छ ।
े
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend