Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • प्रधान र टासी कुलमानको पार्टीमा नबस्ने


    बुधबार, कार्तिक २६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दर्ता भएकै दिनदेखि ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका पदाधिकारीहरुले छाड्न थालेका छन् । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा राखिएका चितवनका सुभाष प्रधान र हुम्लाकी टासी ल्हाजोमले सो पार्टीमा बस्न अस्वीकार गरेका छन् ।

    सुभाष प्रधानले त उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखिएकोमा असहमति जनाएका छन् । प्रधानले फेसबुकमा लेखेका छन्–‘मेरो नाम कुनै राजनीतिक दलमा समाबेश भएको सुनें, मेरो सहमति छैन !

    पुराना दलहरु सच्चिनुपर्ने गरी नयाँ दल आए प्रेसर हुने थियो भन्ने दृष्टिकोणमा सबैसँग वार्ता भएको हो तर बिना सहमति आएको अर्थमा मेरो स्पष्ट असहमति भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’

    टासी ल्हाजोमले पनि कुलमानको पार्टीमा बस्न अस्वीकार गरेकी छन् । ल्हाजोमले आफू कुनै पनि पार्टीमा आवद्ध नभएको स्पष्ट पारिसकेकी छन् । ल्हाजोमको वर्तमान जेनजी सरकारमा समेत पर्यटन मन्त्री हुने चर्चा चलेको थियो । तर उनलाई राप्रपाका नेता ज्ञानेन्द्र शाहीले नाम नलेखी तिब्बती नागरिक भएको आरोप लगाएर विवादमा ल्याइदिए । जसका कारण उनी मन्त्री हुन सकिनन् ।

    तीनवटा ठूला मन्त्रालय सम्हालेका कुलमानले सरकारबाट हट्नुपर्ने भएकाले आफ्नो नेतृत्वमा पार्टी गठन नगरी पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्षमा राखेर निर्वाचन आयोगमा पार्टी अद्यावधिक गराएका छन् ।

    गएको साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा दर्ताका लागि निवेदन दिएको उज्यालो नेपाल पार्टीलाई पुनर्गठन गरी अद्यावधिक गरिएको छ । पुनर्गठनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका डा. ताराप्रसाद जोशी, इलाममा गएको उपनिर्वाचनमा उम्मेदवार भएका डाकेन्द्र थेगिम, महेन्द्रसुन्दर लावतीदेखि नायिका रिमा विश्वकर्मासम्मलाई राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार