Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि–बालेन र कुलमानको एकता बाख्रा, कुखरा र स्यालको मोर्चाबन्दीः ओली


    मंगलबार, पुष १५ २०८२
    740
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङबीचको एकतालाई लिएर ब्यंग्यबाण प्रहार गरेका छन् ।

    रवि–बालेन–कुलमानबीच भएको राजनीतिक एकतालाई लक्षित गर्दै बाख्रा, कुखुरा र स्यालको मोर्चाबन्दीले बाघको मुकाबला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

    ओलीले एमालेलाई सिंहको रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई कुखुरा, बाख्रा र स्यालको संज्ञा दिँदै राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड रहेको टिप्पणी गरेका हुन् ।

    मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भने–‘यसो हेर्दा, विशाल एमाले देखेपछि, तिमी र म मिलौँ भनेको छ । ऊ सँग पनि मिलौँ भनेको छ । अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ रु मुकाविला हुन्छ रु दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् ।’

    ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी समेत गरे ।
    ओलीले थप भने–‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले । घरैमा प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं । हामी चुनाव पर्खिरहेका छौं ।’

    देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार