Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता गर्नुपर्छ, घरघरमा इन्डक्सन बाँड्नुपर्छ : घिसिङ


    शनिबार, साउन २३ २०८३
    50
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट फिर्ता लिन माग गरेका छन् ।

    हाम्रो विद्युतीय पूर्वाधार जति इन्डक्सन बाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा भएको प्रष्ट पार्दै घिसिङले केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको उल्लेख गरेका छन् ।

    नेपाल विद्युत प्राधिकरणको करिब ८ बर्ष नेतृत्व गरेका घिसिङ सासामाजिक संजालमा लेख्छन्–‘सरकारले कृषकको सिँचाई गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विधुतमा झन १३ प्रतिशत भ्याट लगाएछ ।

    हामीले सिँचाईको महशुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिव २ रूपैयाँ प्रतियुनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैयाँबाट करिव ४ रूपैयाँ २० पैसा प्रतियुनिट कायम गरेका थियौं । कृषि सिँचाईको लागि बिद्युत निशुल्कै गर्दा पनि हुन्छ । यस्ता अत्यावश्यक क्षेत्रमा सहुसियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ ।

    कृषकको मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सवैको भाउ बढेको बढ्यै छ । त्यसमाथि विद्युतमा पनि भ्याट । तर उत्पादित वस्तुको मुल्य अझ घटाएर बेच्नुपरेको छ । कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिँदैन । गाउँगाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ ।

    यस्तै घरघरमा ग्याँस अभाव छ । यस्तो बेलामा विद्युतमा सहुलियत दिएर इन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विद्युतमा भ्याट । ग्याँस सिलिण्डर होइन अव इन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनुपर्छ । देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना । हाम्रो विद्युतीय पूर्वाधार जति इन्डक्सन बाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा छ ।

    केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको छ । मेरो घरमा भान्सा र गाडी सवै विद्युतबाटै चल्छ । अव सवैको घरघर विद्युतबाट चलाऔं । देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ । विदेशी मुद्रा संचिति बढ्छ ।

    तसर्थ सरकारले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोड्दार माग गर्दछौं । यसको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्वौंको वक्यौता उठाउन तत्काल कदम चालियोस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार