काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई चयन गरेको छ । ऊर्जासहित ३ विकासे मन्त्रालयको मन्त्री भएपछि कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी दर्ता गरेका थिए ।
उज्यालो नेपाल पार्टीमा देशभर आकर्षण बढेपछि कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रास्वपासँग एकता गरेका थिए । बालेन बरिष्ठ नेता र कुलमान उपसभापति हुनेगरी सहमति भए पनि पछिल्लो समयमा आएर एकता भाँडिएको छ ।
रास्वपाको उपसभापति भए पनि मन्त्री पदबाट राजीनामा नदिएको भन्दै कुलमानको आलोचना भयो । उनले पदबाट राजीनामा नै दिनुपर्यो । तर पार्टी पदाधिकारी, केन्द्रीय समितिमा ३० प्रतिशत हिस्सा दिने भने पनि पछिल्ला दिनमा सहमति पालना हुन नसकेपछि कुलमान रास्वपाबाट अलग भई उज्यालो नेपाल पार्टीको अध्यक्ष भएका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend