अनुप उपाध्याय र कुलमान घिसिङ
काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिका लागि २०७५ मंसिरमा ४ महिना अवधि बाँकी हुँदै सचिवबाट राजीनामा दिएर सरकारी सेवाबाट अवकाश लिएका अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा) दर्ता गराएका छन् ।
नेकपाका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका ऊर्जामन्त्री बर्षमान पुनले विद्युत नियमन आयोगको अध्यक्ष बनाउन उपाध्यायलाई २०७५ मंसिरमा सचिवबाट राजीनामा दिन लगाएका थिए । उनी २०७५ फागुनमा अवकाश पाउँदै थिए । तर ४ महिनाअघि उनलाई राजीनामा दिन लगाइएको थियो ।
ऊर्जामन्त्री पुनले आयोगको अध्यक्षमा नियुक्तिका लागि उपाध्यायलाई सिफारिस गरेका पनि थिए । उनीसहित आयोगको सदस्यका लागि रामप्रसाद धिताल, रामेश्वर कलवार, रामकृष्ण खतिवडा र भागिरथी भट्टराई ज्ञवालीलाई सिफारिस गरिएको थियो ।
आवेदन मागेर सिफारिस गरिएका अध्यक्षसहितका सदस्यको नियुक्ति तत्कालीन प्रधानमन्त्री ओलीले रोकिदिएका थिए । र, मन्त्रिपरिषदमा मन्त्री पुनले लगेको प्रस्ताव अलपत्र प¥यो । उपाध्यायको नियुक्ति ४ महिनााभन्दा बढी रोकियो ।
तत्कालीन ऊर्जामन्त्री पुनले सिफारिस गरेका उपाध्यायलाई आयोगको अध्यक्षमा नियुक्ति नगरी ओलीले दिल्लीबहादुर सिंहलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
विद्युत नियमन आयोग ऐन २०७४ संसदबाट पारित भए पनि करिब २ बर्षसम्म पदाधिकारी नियुक्ति रोकेर पछि अधिकारसम्पन्न विद्युत नियमन आयोग गठन गर्नका लागि २०५८ देखि नै पहल सुरु भएको थियो । तर ओलीले आयोगको अध्यक्ष हुनबाट रोकेका उपाध्याय र गएको चैतमा डेडिकेटेड र ट्रकलाइनको ८ अर्ब रुपैयाँ बक्यौता असुली गर्न खोज्दा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मिलेर उज्यालो नेपाल पार्टी गठन गरेका छन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend