अनुप उपाध्याय र कुलमान घिसिङ
काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिका लागि २०७५ मंसिरमा ४ महिना अवधि बाँकी हुँदै सचिवबाट राजीनामा दिएर सरकारी सेवाबाट अवकाश लिएका अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा) दर्ता गराएका छन् ।
नेकपाका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका ऊर्जामन्त्री बर्षमान पुनले विद्युत नियमन आयोगको अध्यक्ष बनाउन उपाध्यायलाई २०७५ मंसिरमा सचिवबाट राजीनामा दिन लगाएका थिए । उनी २०७५ फागुनमा अवकाश पाउँदै थिए । तर ४ महिनाअघि उनलाई राजीनामा दिन लगाइएको थियो ।
ऊर्जामन्त्री पुनले आयोगको अध्यक्षमा नियुक्तिका लागि उपाध्यायलाई सिफारिस गरेका पनि थिए । उनीसहित आयोगको सदस्यका लागि रामप्रसाद धिताल, रामेश्वर कलवार, रामकृष्ण खतिवडा र भागिरथी भट्टराई ज्ञवालीलाई सिफारिस गरिएको थियो ।
आवेदन मागेर सिफारिस गरिएका अध्यक्षसहितका सदस्यको नियुक्ति तत्कालीन प्रधानमन्त्री ओलीले रोकिदिएका थिए । र, मन्त्रिपरिषदमा मन्त्री पुनले लगेको प्रस्ताव अलपत्र प¥यो । उपाध्यायको नियुक्ति ४ महिनााभन्दा बढी रोकियो ।
तत्कालीन ऊर्जामन्त्री पुनले सिफारिस गरेका उपाध्यायलाई आयोगको अध्यक्षमा नियुक्ति नगरी ओलीले दिल्लीबहादुर सिंहलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
विद्युत नियमन आयोग ऐन २०७४ संसदबाट पारित भए पनि करिब २ बर्षसम्म पदाधिकारी नियुक्ति रोकेर पछि अधिकारसम्पन्न विद्युत नियमन आयोग गठन गर्नका लागि २०५८ देखि नै पहल सुरु भएको थियो । तर ओलीले आयोगको अध्यक्ष हुनबाट रोकेका उपाध्याय र गएको चैतमा डेडिकेटेड र ट्रकलाइनको ८ अर्ब रुपैयाँ बक्यौता असुली गर्न खोज्दा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मिलेर उज्यालो नेपाल पार्टी गठन गरेका छन् ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend