काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भएका कमजोरीको समीक्षा गर्दै गल्तीप्रति आत्मालोचित हुन सबैमा आग्रह गरेका छन् । उनले संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्न र यो काम होशियारीपूर्वक गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
जनतामा जाने र जनतालाई सुन्ने र त्यस अनुसार निर्णय गर्नुपर्ने उल्लेख गर्दै सामाजिक संजालमा भट्टराई लेख्छन्–हामी यतिबेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाऊँमा पुर्याउँदैन ।
तसर्थ,
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेषण गरौं, हामीबाट भएका कमजोरीको समीक्षा गरौ । गल्तीप्रति आत्मालोचित होऔं ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होशियारीपूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौं ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५. जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔं ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरांै ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔं ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनुपर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अतर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं ।
नेपाल बचाऔं, नेपालीत्व जोगाऔं
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend