Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारी सम्पति संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो : अध्यक्ष लामिछाने   


    मंगलबार, भाद्र २४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कठमाडौँ ।    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारी सम्पत्तिको क्षति राष्ट्रकै क्षति भएकाले संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको बताउनुभएको छ । उहाँले आज एक प्रेस अपिल जारी गर्दै हामी अब अत्यन्त संयमित भइ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

    पूर्वउपप्रधानमन्त्री लामिछानेले अपीलमा भन्नुभएको छ, “राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलयलगायत दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुनसक्छन् । जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् ।”     (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार