Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मंगल ग्रह लगे पनि रवि लामिछाने नडराउने


    शनिबार, साउन ३१ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीको कारागारबाट शनिबार नख्खुमा सारिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा जहाँसुकै लगे पनि नडराउने बताएका छन् ।

    शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुने क्रममा उनले आफूविरुद्ध राज्य संयन्त्र प्रयोग गरेर प्रतिशोध साधिएको बतउँदै मंगलग्रह लगे पनि नडराउने दृढता व्यक्त गरेका छन् ।
    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, भैरहवा विमानस्थलमा भएको छोटो भेटमा लामिछानेले उच्च मनोबलका साथ उक्त कुरा बताएका हुन् ।

    ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै जानकारी दिए । ‘जसरी सक्छन्, जता सक्छन् लग्न देऊ, केही फरक पर्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार